अमेरिकाको गुआममा चारवटा मिसाइल आक्रमण गर्दै उत्तर कोरिया
काठमाडौं, २६ साउन । उत्तर कोरियाले अमेरिकाको गुआममा मिसाइल आक्रमणको तयारी गरेको छ । प्रशान्त महासागरको अमेरिकी टापु गुआममा उत्तर कोरियाले ४ वटा मिसाइल आक्रमण गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएको छ । गुआममा अगस्टको मध्यतिर चारवटा मिसाइल आक्रमण गर्ने तयारी भएको उत्तर कोरियाले दाबी गरेको छ ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले हवासङ–१२ नामक चारवटा रकेट आक्रमणका लागि तयार रहेको बताएको छ । ती रकेट जापानको जमिन तथा समुद्री क्षेत्रमाथिबाट जाने र गुआम भन्दा ३० किलोमिटर पर समुद्रमा खस्ने केसिएनएलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । तर यो आक्रमणका लागि उत्तर कोरियाका नेता किम जोङ–उनले सहमति जनाउनु पर्नेछ । गुआममा अमेरिकी सामरिक बम वर्षक विमानको भण्डारण गरिएको छ ।
यसैबिच अमेरिकाले आफ्नो विनासको बाटो आफै नबनाउन उत्तर कोरियालाई चेतावनी दिएको छ । अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले उत्तर कोरियाले पछिल्लो समय गरिरहेको गतिविधि उसकै लागि घातक हुन सक्ने भन्दै आफ्नो विनासको निम्तो आफै गरिरहेको बताएका हुन् । उत्तर कोरियाले आक्रमणको तयारी गरिरहेको तथ्य प्रकाशमा आएपछि अमेरिकाले समेत सुरक्षा सतर्कता बढाएको जनाईएको छ ।
Comments
अरु समाचार
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...











