बिमस्टेक बैठकमा नेपालद्धारा पर्वतीय अर्थतन्त्र (माउण्टेन इकोनोमी) को प्रस्ताव
काठमाडौं, २७ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा नेपालले ‘पर्वतीय अर्थतन्त्र’ (माउण्टेन इकोनोमी) को प्रस्ताव राखेको छ । बिमस्टेकको मन्त्रिस्तरीय बैठकअघि हुने उक्त संगठनको सदस्य मुलुकका विदेश/परराष्ट्र/बाह्य मामिला मन्त्रालयका उच्च अधिकारी (एसओएम) को १८ औँ बैठकमा नेपालले सो प्रस्ताव राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त बैठकपछि मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव शंकरदास वैरागीले एसओएम बैठक सबै सदस्य राष्ट्रको सहभागितामा सरलतापूर्वक सम्पन्न भएको बताउनुभयो । उहाँले व्यापार, लगानी, प्रविधिलगायत विषयको क्षेत्रीय सहायता सन्दर्भमा पुनःविचार गर्दै छिटोभन्दा छिटो बिमस्टेक फ्रि ट्रेड एरियालाई टुंग्याउने सहमति भएको जानकारी दिनुभयो ।
ऊर्जासँग सम्बन्धित ग्रीड कनेक्सन सम्झौतामा छिटो हस्ताक्षर गर्ने र प्रविधि हस्तान्तरण टुंग्याउने सहमति भएको उल्लेख गर्दै उहाँले बैठकमा नेपालले माउण्टेन इकोनोमीको प्रस्ताव गरेको र त्यसबारेमा छलफल गर्न बनाइएको विज्ञ समूहको प्रस्ताव बैठकले स्वीकार गरेको सचिव वैरागीले बताउनुभयो ।
सम्मेलनपछि नेपालले मानवबेचबिखन, लागुऔषध कारोवार नियन्त्रण तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा क्षेत्रीय सम्मेलन आयोजना गर्ने भएको छ । बिमस्टेक व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संसाधन, पर्यटन, कृषि, पूर्वाधार र यातायातजस्ता क्षेत्रमा सहायता परियोजना कार्यान्वयन गरी सदस्य मुलुकको द्रुत आर्थिक विकासका निम्ति २० वर्षअघि स्थापना भएको हो ।
एसओएम बैठकमा भारतको बाह्य मामिला मन्त्रालयका सचिव प्रीति शरण, भुटानको विदेश मन्त्रालयका सचिव सोनाम छोङ, बंगलादेशका विदेश सचिव मोहम्मद शहिदुल हक, म्यान्माको परराष्ट्र मन्त्रालयका अन्तर्राष्ट्रिय संगठन तथा आर्थिक विभागका महानिर्देशक क्वा मो तुन, श्रीलंकाका विदेश मन्त्रालयका अतिरिक्त सचिव ग्रेस आशिर्वाथन र थाइल्याण्डको विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक मामिला विभागका नायब महानिर्देशक इकसिरी पिन्टारुचीको सहभागिता थियो । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












