ताजा समाचार

आतंकवादी विरुद्धको कारबाहीमा नेपालीसहित झण्डै तीनसय प्रवासी मलेसियन प्रहरीको नियन्त्रणमा

काठमाडौं, २७ साउन । मलेसियाको प्रहरीले नेपालीसहित २ सय ९० भन्दा बढी प्रवासीलाई नियन्त्रणमा लिएको छ । आतंकवादी विरुद्धको पछिल्लो सुरक्षा कारबाहीका क्रममा मलेसियन प्रहरीले नेपालीसहित २ सय ९० जना भन्दा बढी प्रवासीलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका मध्ये कोही पनि आतङ्कवादीहरूको सम्पर्क व्यक्तिहरू नभएको स्थानीय सञ्चार माध्यमलाई उल्लेख गर्दै सिन्ह्वाले जनाएको छ । पक्राउ पर्नेमा विषेश गरेर नेपाल, यमन, पाकिस्तान, सिरिया, बङ्लादेश, भारत, प्यालेस्टाईन र सुडानका कामदार रहेको अधिकारीहरूले बताएका छन् ।

प्रहरीले ‘डिजिटल हव’ को रुपमा चिनिने साईबरजयामा बुधबार रातीदेखि बिहीबार अबेरसम्म सुरक्षा कारबाही चलाएको मलेसियाको सरकारी समाचार संस्था बेर्नामाले जनाएको छ ।

पक्राउ परेका प्रवासीहरुलाई प्रहरी मुख्यालयमा लगेर अनुसन्धान गरिएको र कसैको पनि कुनै आतङ्कबादी समूहसँग सम्पर्क भएको नदेखिएको एक जना उच्च प्रहरी अधिकारीले जनाएका छन् । यसै महिनाको अन्त्यतिर मलेसियामा २९ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुन लागेकाले सुरक्षा व्यवस्था कडा बनाइएको सुरक्षा अधिकारीहरूको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org