सुष्मा स्वराजको स्वागतमा भारतीय दूतावासले आयोजना गर्ने भोजमा केपी ओली सहभागि नहुने
काठमाडौं, २७ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको कार्यक्रम बहिस्कार गरेका छन् । स्वराजको स्वागतमा आज लैनचौरस्थित भारतीय दूतावासमा आयोजित कार्यक्रममा सहभागी हुन आएको प्रस्ताव ओलीले अस्वीकार गरेका हुन् । तर ओलीको सचिवालयले यसलाई बहिष्कार नभनि कुटनीतिक भाषामा अर्को ठाउँमा कार्यक्रम तय भएकाले सहभागी हुन नसक्ने भनेको छ ।
भारतीय विदेशमन्त्री स्वराज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन बिहिबार काठमाडौं आइपुगेकी थिइन् । उनकै स्वागतमा कार्यक्रमसहित भारतीय दूतावासले आज साँझ ५ बजे भोजको आयोजना गरेको छ । दूतावासको यो कार्यक्रममा ओली सरिक नहुने भएका छन् ।
ओली कार्यक्रममा सहभागी नहुने उनका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए । दाहालले कुटनीतिक भाषामा भने– ‘भोलि अध्यक्षज्यूको अन्त नै कार्यक्रम तय भएको छ । भोजमा सरिक हुनुहुन्न ।’ अध्यक्ष ओली शुक्रबार मुस्ताङ जाँदैछन् । शुक्रबार पोखरा हुँदै मुस्ताङ जान लागेका ओली तीन दिन उतै विताउने छन् ।
भोजमा सरिक भइदिन अनुरोध गर्दै भारतीय राजदूत मञ्जीव सिंह पुरी एक साता अघि मात्र ओली निवास बालकोट पुगेका थिए । तर, ओलीले टाउको मात्र हल्लाएका थिए । आउने वा नआउने भन्नेबारे जानकारी गराएका थिएनन् । नेपालका प्रधानमन्त्री, कयौं मन्त्री, नेता, पत्रकार, वुद्धिजीविलाई आह्वान गरिएको भोजमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सहभागी हुनेछन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












