यसकारण योग्य छन्, पत्रकार महासंघको महासचिवमा बालकृष्ण बस्नेत
दोलखा, ४ भदौं । प्रतिभाशाली युवा पत्रकार बालकृष्ण बस्नेतले नेपाल पत्रकार महासंघको २५ औँ अधिवेशनमा महासचिव पदमा उमेदवारी दिने घोषणा गरेका छन् । दोलखा जिल्ला भीमेश्वर नगरपालिका ५, विसुन्टोलमा जन्मेका बस्नेतले राजनीतिशास्त्र र पत्रकारितामा स्नातकोत्तर र कानूनमा स्नातक गरी हाल एक बौद्धिक पत्रकारका रुपमा परिचित छन् ।
वि.सं. २०५३ सालमा दोलखा टुडे मासिकको सम्पादक, प्रकाशक बनेर पत्रकारिताको सुरुवात गरेका बस्नेत छलफल साप्ताहिक देखि कान्तिपुर दैनिकको सम्वाददाता हुँदै, जिल्ला ब्यूरो प्रमुख र हाल वरिष्ठ उपसम्पादकको रुपमा कार्यरत छन् । ई कान्तिपुरको समाचार प्रमुखको रुपमा लामो समय काम गरेका बस्नेत अनुसन्धानमूलक समाचार, कानून र राजनीति बिटमा विशेष दखल राख्ने पत्रकारका रुपमा परिचित छवी बनाएका छन् ।
नेपाल प्रेस ईन्स्टिच्यूटबाट १२ महिने पत्रकारिता तालिममा सर्वोत्कृष्ट बनेका उनी कानून र सुशासन बिषयका प्रशिक्षक पनि हुन यसका अलावा अन्य विभिन्न बिषयमा दर्जनौ तालिम लिएका छन् । अमेरिकाको हार्डवर्ड विश्वविद्यालयमा एकहप्ते अनुसन्धानात्मक तालिम लिएका बस्नेत भारत, चीन, जापान, बंगालादेश, पाकिस्तान लगायतका मुलुकहरुको भ्रमण पनि गरी पत्रकारिता क्षेत्रमा प्रशस्त ज्ञान बटुलेका छन् ।
वि.सं. २०५४/५५ सालमा नेपाल पत्रकार महासंघ दोलखा, रामेछाप शाखाको सदस्य बनेका बस्नेत २०५६ सालदेखि लगातार केन्द्रीय पार्षद हुन् । शिव गाउँले अध्यक्ष हुँदा केन्द्रीय सदस्य जितेका उनले आफ्नो कार्यकालमा प्रभावकारी ढंगले काम गरी चर्चा कमाएका थिए ।
पत्रकार महासंघलाई साझा संस्थाको रुपमा स्थापित गर्न र श्रमजीवि पत्रकारका मुद्धालाई कार्यान्वयन गरी ब्यवसायिक पत्रकारितालाई संस्थागत गराउन आफ्नो उमेदवारी रहेको बताउने बस्नेत आफूपनि पत्रकारितामा दक्ष, निर्विवादित छवी, ब्यक्तिगत र संस्थागत सम्बन्ध प्रगाढ राख्न सक्ने खुबी, पत्रकारितामा २० बर्ष देखिको निरन्तरता, पत्रकार महासंघमा विगत देखिकै राम्रो योगदान र अप्ठ्यारोमा परेका पत्रकारलाई सधैँ सहयोग गर्ने ब्यवहार जस्ता कुराले केन्द्रीय पार्षदहरुको मन जितेर निर्वाचनमा विजयी हुने दावी गरेका छन् ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












