अर्थको ‘अ’ पनि नबुझेकाले योजना बनाउँदा समस्याः ‘सुरुङमार्गमाथि जहाज पार्किङ योजना हावादारी’
काठमाडौं, ५ भदौं । संस्कृति तथा पर्यटन नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले सुरुङमार्गमाथि जहाज पार्किङ गर्ने योजना ‘हावादारी’ भएको बताएका छन्। सरकारले आर्थिक वर्ष २०७४/७५ को बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो ट्राफिक समस्या व्यवस्थापनका लागि सुरुङमार्गमाथि जहाज पार्किङ गर्ने योजना अघि सारेको छ। यो योजना कार्यान्वयन गर्न नसकिने भन्दै सचिव अधिकारीले विरोध गरेको खबर आजको अन्नपूर्णमा छ ।
बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्तरोन्नति गरिने उल्लेख छ । यसअन्तर्गत विमानस्थलसँगैको कोटेश्वर-सूर्यविनायक सडकमा सुरुङ निर्माण गरिनेछ। सुरुङमार्ग निर्माणपछि तलबाट सवारीसाधन गुडाउने र माथि जहाज पार्किङस्थल बनाएर विमानस्थलको धावनमार्ग विस्तार गर्ने सरकारी योजना छ।
विमानस्थलको सुरक्षाका विषयमा एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनले आयोजना गरेको कार्यक्रममा सचिव अधिकारीले अर्थको ‘अ’ पनि नबुझेको व्यक्तिले सुरुङमाथि जहाज पार्किङ गर्ने भने योजना ल्याएको आरोप लगाए। ‘यो हावादारी योजना हो’, उनले भने, ‘आर्थिक र प्राविधिक दुवै रूपले यो काम सम्भव छैन।’
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












