३७ सांसद भएको राप्रपा अब १९ मा सिमित, पार्टीको ह्वीप उल्लंघन गर्ने १८ सांसदमाथि कारवाही गर्ने
काठमाडौं, ६ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना १८ सांसदमाथि कारबाही गर्ने तयारी गरेको छ । कुल ३७ सांसद रहेका राप्रपासँग अब १९ सांसदमात्र देखिएका छन् । व्यवस्थापिका संसदमा चौथो राजनीतिक शक्तिका रुपमा रहँदै विभाजन भएको राप्रपा अब १९ सांसदमा सीमित भएको हो ।
पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै पशुपति शमसेर राणाले पार्टी विभाजन गराएका थिए । राणा हाल राप्रपा (प्रजातान्त्रिक) नामको पार्टी दर्ता प्रक्रियामा छन् । निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक प्रक्रिया बढाउन सोमबार सर्वोच्च अदालतले समेत आयोगलाई निर्देशन दिइसकेको छ ।
सोमबार व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक निर्णयार्थ पेश हुँदा राप्रपाका १९ सांसदमात्र उपस्थित थिए । संसद बैठकमा अनिवार्य उपस्थित हुन सो पार्टीको संसदीय दलको प्रमुख सचेतक कुन्ती शाहीले ह्वीप जारी गरेकी थिइन् । तर ह्वीपविपरीत १८ सांसद अनुपस्थित रहे ।
संसद बैठकमा कमल थापा, जयन्त चन्द, दिलनाथ गिरी, विक्रम बहादुर थापा, गंगाप्रसाद यादव, कुन्ती शाही, भाष्कर भद्रा, दिनेश श्रेष्ठ, सुशील श्रेष्ठ, परशुराम तामाङ, राजेश्वरी देवी, लिला श्रेष्ठ, भक्त बहादुर खपाङ्गी, श्यामसुन्दर टिवडेवाल, राजकुमार अग्रवाल, राम दुलारी चौधरी, कान्ति पासी, गणेश थापा र कान्ता भट्टराई उपस्थित थिए ।
राप्रपाकै सांसद रहेर संसद बैठकमा ह्वीप विपरीत अनुपस्थित हुनेमा आनन्दीदेवी पन्त, इस्तिहाक अहमद खान, गीता सिंह, दीपक बोहोरा, विक्रम पाण्डे, रमेशकुमार लामा, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, सरोज शर्मा, सुनीलबहादुर थापा, सीता लुइँटेल ज्ञवाली, शयन्द्र वान्तवा, विराज विस्ट, बबिना मोक्तान लावती, रेशमबहादुर लामा, रामकुमार सुब्बा, धानो महरा, कमल शर्मा रहेका छन् ।
पार्टी ह्वीप उल्लंघन गर्ने सांसदहरुमाथि कारवाहीका लागि अाज बिहान राप्रपा संसदीय दलको कार्यालयमा संसदीय दल, पदाधिकारी र कार्य सम्पादन समितिको बैठक बस्दैछ । बैठकले उनीहरुमाथि कारवाही गर्ने राप्रपाले जनाएको छ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












