भारतको प्रस्तावः चितवनसम्म पेट्रोलियम पाइपलाइन, सुनौलीसम्म ग्यास
काठमाडौं, ८ भदौं । भारतले प्रधानमन्त्री शेरबहादुर देउवासँग चितवनसम्म पेट्रोलियम पाइपलाइन र सुनौलीसम्म प्राकृतिक ग्यासलाइन बनाउन प्रस्ताव गरेको । बुधबार साँझ भारतीय उद्योगी–व्यवसायीहरूले गरेको कार्यक्रममा भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्री देउवासँग यस्तो प्रस्ताव गरेको खबर आजको नयाँ पत्रिकामा छ
अक्टोबरमा शिलान्यास
राज्यमन्त्री प्रधानले नेपालको प्रस्तावअनुसार रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्न भारत तयार रहेको बताए । त्यस्तै, भारतले गोरखपुरसम्म प्राकृतिक ग्यासको पाइपलाइन विस्तार गरिसकेको जानकारी दिँदै उनले त्यसलाई नेपालले चाहे सुनौलीसम्म विस्तार गरिने बताए । आगामी अक्टोबरमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्ने उनले बताए । यसका लागि समय मिलाउन उनले प्रधानमन्त्री देउवालाई आग्रहसमेत गरे ।
प्रत्येक पम्पमा २५ जनालाई रोजगारी
‘भारतले पहिलोपटक बहुदेशीय पेट्रोलियम पाइपलाइन बनाउन लागेको हो,’ राज्यमन्त्री प्रधानले भने, ‘त्यसलाई चितवनसम्म विस्तार गर्न तयार छौँ ।’ सोही रुटमा ग्यासको पाइपलाइनसमेत बनाउन सकिने उनले बताए । यसका लागि नेपालसँग साझेदारी गर्न भारत तयार रहेकोसमेत उनले बताए । नेपालीकै लगानी र आइओसीसँगको साझेदारीमा नेपालमा सयवटा पेट्रोलपम्प खोल्न उनले प्रस्ताव गरे । ‘हामी आफैँ लगानी गरेर आउटले खोल्न चाहँदैनौँ,’ उनले भने, ‘प्रत्येक पम्पमा २५ जनालाई रोजगारी दिने गरी नेपाली उद्यमीसँग साझेदारी गरेर पम्प खोल्न चाहन्छौँ ।’
नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री देउवाले भारतीय लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरे । ‘हामीले थुप्रै नीति–कानुन ल्याइसकेका छौँ र दोस्रो चरणको आर्थिक सुधार पनि सुरु गरेका छौँ,’ उनले भने, ‘नेपालमा आएर लगानी गर्नुहोस् ।’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले समेत नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अग्रह गरे ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












