बल्ल बाहिरी चक्रपथको जग्गा अधिग्रहण सुरु, के तपाईको जग्गा पनि पर्यो की हेर्नुहोस् ?
काठमाडौं, ८ भदौं । बाहिरी चक्रपथ निर्माणको लागि जग्गाप्राप्ती प्रक्रिया शुरु गर्न लागिएको छ । झण्डै ४० वर्षदेखि निर्माणको चर्चामा रहेको बाहिरी चक्रपथको लागि आवश्यक पर्ने जग्गा अधिग्रहणमार्फत प्राप्ती प्रक्रिया शुरु गर्न लागिएको हो । आयोजनाले पहिलो चरणअन्तर्गत चोभार सतुङ्गल खण्डको ६ दशमलव ६ किलोमिटर लम्बाई क्षेत्रमा अधिग्रहणमार्फत जग्गाप्राप्ती प्रक्रिया शुरु गर्न लागिएको आयोजनाका अधिकृत ध्रुव सापकोटाले जानकारी दिए ।
जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएसँगै काठमाडौं, ललितपुर र भक्तपुरलाई समेट्ने गरी बाहिरी चक्रपथ निर्माणको काम अब भने अगाडि बढ्नेछ । शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकालाई जोड्दै व्यवस्थित शहरीकरण गर्ने बृहत लक्ष्य राखेर बाहिरी चक्रपथ निर्माणको थालनीलाई अन्तिम रुप दिएको हो ।
जग्गा अधिग्रहणका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै अधिकृत सापकोटाले पहिलो खण्डमा १४ हजार सात सय जग्गाधनीको सात हजार आठ सय रोपनी जग्गा अधिग्रहण गरिने जानकारी दिए ।
मन्त्रालयले १३ बर्षअघिदेखि अनिर्णयको अवस्थामा थन्किरहेको बाहिरी चक्रपथ निर्माणको काम अब तीब्र गतिमा अगाडी बढ्ने मन्त्रालयका अधिकारीहरुको दाबी छ । अहिलेसम्म विभिन्न कारणले गर्दा रोकिएको प्रक्रिया अब भने सुरु भईसकेको आयोजना प्रमुख सापकोटाको भनाई छ । अहिले तत्काल पहिलो चरणअन्तर्गत चोभार सतुङ्गल खण्डको ६ दशमलव ६ किलोमिटर लम्बाई क्षेत्रमा अधिग्रहणमार्फत जग्गाप्राप्ती प्रक्रिया शुरु गरिने छ । त्यसपछि अन्य क्षेत्रमा काम अगाडी बढ्ने छ ।
६ अर्बको लागतमा बन्न लागेको बाहिरी चक्रपथ ३ देखि ५ बर्षसम्ममा निर्माण पुरा हुने शहरी विकास मन्त्रालयले जनाएको छ । शहरी विकासमन्त्री अर्जुननरसिंह कोसीको पहलमा ७१ दशमलव ९३ किलोमिटर चक्रपथ निर्माणको कार्यले मूर्त रुप लिने भएको हो । चक्रपथको वरिपरि समयसँगै बढ्दो सवारी आवागमन, घनावस्ती र पैदलयात्रुको चापले साँघुरिदै गएपछि बाहिरी चक्रपथको अवधारणा आएको हो । हालसम्म सात करोड खर्च गरिएको छ । बारिही चक्रपथ विकास आयोजनालाई आगामी बर्षका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...












