नेपाल र भारतबीच ४६ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी
नयाँदिल्ली, ९ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको जारी राजकीय भ्रमणको दोस्रो दिन आज दुवै देशका तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी भएको छ । जारी राजकीय भ्रमण दुई देशबीचको सम्बन्ध थप सुदृढ र विकसित गरी सुमधुर बनाउने र आगामी दिनमा द्विपक्षीय हित र सो सम्बन्धमा थप विस्तार गर्ने कडीका रुपमा यो सम्बन्धलाई लिइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उच्चस्तरका यस्तै भ्रमणहरुको आदानप्रदानका माध्यमबाट द्विपक्षीय साझेदारी एवं समझदारीलाई अझ विकसित र विस्तारित बनाउन सकिन्छ, संयुक्त विज्ञप्तिमा भनिएको छ – “भारतीय प्रधानमन्त्रीले नेपालको तराई क्षेत्रमा हालै आएको बाढीले गरेको जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति दुःख व्यक्त गर्नुभएको छ ।”
त्यसैगरी प्रधानमन्त्री देउवाले पनि भारतीय क्षेत्रमा आएको बाढीका कारण भएको क्षतिप्रति भारत सरकार र यहाँका नागरिकप्रति हार्दिक समवेदना र दुःख व्यक्त गर्नुभएको छ । नेपाल–भारत पक्षीय प्रबुद्ध समूहले द्विपक्षीय सम्बन्ध सुधारमा जारी राखेका आपसी बैठक आदिका माध्यमबाट विकसित भएको परिस्थितिप्रति दुवै देशका प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभएको छ ।
त्यसैगरी ४६ बुँदे सो वक्तव्यमा रक्षा सम्बन्धमा भारतले नेपाली सेनालाई प्राविधिक तालीम एवं अन्य क्षमता अभिवृद्धिमा आवश्यक सहयोगका लागि प्रधानमन्त्री देउवाले भारत सरकार र भारतीय सेनालाई धन्यवाद ज्ञापन पनि गर्नुभयो ।
दिगो विकासका लागि साझेदारी कार्यक्रमअन्तर्गत सन् २०१६ मा स्थापित संयुक्त संयन्त्रको कार्यक्रममार्फत नेपालमा जारी रहेका भारतीय आयोजनाहरुको कार्यान्वयन र यसको सम्पन्नताका लागि अघि बढाइएका कार्यप्रति पनि दुबै देशका प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभएकोे जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारले मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी आयोजनालाई प्राथमिकतायुक्त आयोजनामा समेटेको विषयमा प्रधानमन्त्री देउवाले जानकारी गराउनुभएको र उहाँको यो प्रस्तावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुसी व्यक्त गर्नुभएको थियो ।
नेपाल सरकारले घोषणा गरेका राष्ट्रिय प्राथमिकतायुक्त आयोजनाका लागि भारतले आवश्यक सहयोग उपलब्ध गराउनेमा जोड दिदैं विज्ञप्तिमा भनिएको छ– “पूर्वाधार निर्माणका माध्यमबाट अन्तरदेशीय सञ्जालको विकास गरिने तथा यसका माध्यमबाट दुई देशबीचमा जनताको तहमा सम्बन्ध र सम्पर्कको विकासमा सहयोग पुग्ने र यसमार्फत आर्थिक विकासमा पनि सघाउ पुग्ने विश्वास लिएको छ ।”
त्यस्तै विज्ञप्तिमा जलस्रोत क्षेत्रको विकास, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका बारेमा आवश्यक छलफल भई यसका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने काम पनि भएको र चाँडो डिपिआर निर्माणका लागि आवश्यक निर्देशन दिइएको उल्लेख छ ।
त्यसैगरी जलस्रोतको विकास, दुई देशबीचको विभिन्न क्षेत्रमा सञ्जालको विकास तथा आपसी सहयोग र साझेदारी, द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन, विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि, नेपालमा सञ्चालित भारतीय आयोजनाहरुको प्रगतिका क्षेत्रमा पनि विज्ञप्तिमा उल्लेख छ ।
दुई देशबीचको सांस्कृतिक सम्बन्धको अभिवृद्धि र यसका माध्यमबाट जनस्तरको सम्बन्धमा विकास, अन्तर्राष्ट्रिय क्षेत्रीय र उपक्षेत्रीय मञ्चहरुमा दुई देशको संयुक्त सहकार्यजस्ता विषयमा विज्ञप्तिमा उल्लेख छ । बिहीबार हस्ताक्षर भएका आठवटा विभिन्न समझदारी र सम्झौताका बारेमा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस
Comments
अरु समाचार
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
युवा नेता उमेश आचार्यले एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने !
काठमाडौं । नेकपा एमालेका युवा नेता उमेश आचार्यले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बि.स.२०५८...
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...












