आईएमईको दसैँ, तिहार र छठमा छक्का पञ्जा अफर, यसरी पाउनुहोस्, उपहार जित्ने मौका
काठमाडौं, १२ भदौं । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले नयाँ अफर ल्याएको छ । भदौ १२ गतेदेखि लागू हुनेगरी आईएमई छक्का पञ्जा अफर ल्याएको हो । यो अफर मंसिर ३ गतेसम्म १२ हप्ता सञ्चालन हुनेछ । सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका सेवाग्राही सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
योजना अवधिभर दैनिक लक्की ड्र बाट छनौट हुने ६० जनालाई १०० रुपैयाँ बराबरको आईएमई पे क्यास, हरेक पन्ध्ररपन्ध्र दिनमा १/१ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको जीवन बीमा र हरेक ६/६ हप्तामा १/१ जना भाग्यशाली सेवाग्राहीलाई १० लाख रुपैँया नगद प्रदान गरिनेछ ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत अन्तर्राष्ट्रियरआन्तरिक कारोबारको हकमा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा विजेता छानिनेछन् । अन्तर्राष्ट्रिय कारोबारको हकमा विजेताले इच्छाएको नेपालमा बस्ने आफन्तलाई पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।
जीवन बीमा प्राप्त गर्ने विजेताले सम्बन्धित बीमा कम्पनीद्वारा निर्धारित नियम तथा शर्तहरु पालना गर्नुपर्नेछ । आईएमईका जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेका भौचर कपी योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाल सरकारको नियमानुसार लाग्ने कर सेवाग्राहीले उपहार ग्रहण गर्नुपूर्व नै भुक्तान गर्नुपर्नेछ ।
विस्तृत जानकारीका लागि कम्पनीको आधिकारिक वेवसाइट, सामाजिक संजाल, सहकार्यमा रहेका एजेन्ट साझेदार, क्षेत्रीय प्रतिनिधि, केन्द्रीय कार्यालय एव संचार माध्यममार्फत् सूचना सार्वजनिक गरिनेछ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












