यसरी बढ्दै छ राजधानीमा रातको रमाइलो
काठमाडौं, २४ भदौ । बदलिँदो समयसँगै मानिसका चाहना र विलासिता फेरिँदै गएको छ । सहरी जीवनमा सुखानुभूत गर्नेदेखि सहरमा रहरको पहिचान खोज्नेसम्मको एउटै गन्तव्य बन्ने गरेको छ रात्रिकालीन मनोरञ्जन । त्यसैले मनोरञ्जन व्यवसायको नाममा करोडौँ लगानी भइरहेको छ । स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेष्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायमा लगानी बढेको हो ।
विभिन्न पेशा व्यवसायमा आबद्ध मानिस दिनभर कामको थकानले साँझ मनोरञ्जनका साथै थकान मेटाउन गजल, क्लब, रेष्टुराँ धाउने गरेका छन् । राजधानीका पर्यटकीयस्थल ठमेल, दरबार मार्गमात्र नभई नयाँ गन्तव्य बनेको झम्सीखेल, सुन्धारा, लाजिम्पाट, नक्साल, बानेश्वर, गौशला, नयाँबसपार्क आदि स्थानमा यस्ता व्यवसाय विस्तार भइरहेका छन् ।
पुराना डेजाबु, काउजी, सर्कल, ईबिज्जा, फायर क्लब, ओएमजी, पर्पल हेज, कर्मा, शिशा बारलगायतका क्लब तथा लाउन्ज मर्मत र लगानी थपी नयाँ संरचनासहित खुलेका छन् । लाइभ म्युजिकसहितको क्लब तथा लाउन्ज रेष्टुराँमा नेपाली र विदेशी पर्यटकको ओइरो लाग्न थालेपछि लगानी गर्ने यसतर्फ आकर्षित भएका हुन् । ठमेलमा विगत १५ वर्षदेखि रात्रिकालीन व्यवसाय गर्दै आउनुभएका आयुष ठकुरी व्यावसायिक सम्भावना देखेर नै यो क्षेत्रमा लगानी बढाउँदै छन्। अस्वस्थ्य प्रतिस्पर्धा र बेलाबेला प्रहरी प्रशासनको अनावश्यक दबाब झेल्नुपर्छ ।
ठमेलकै क्लासिक बर्न लाउन्जका सञ्चालक अजयमान श्रेष्ठले पनि व्यावसायिक सम्भावना देखेरै लगानी बढाएका छन् । झण्डै १३ वर्षदेखि डान्स बार, आइ क्लबजस्ता व्यवसाय चलाउँदै आएका श्रेष्ठले दरबारमार्गमा करोडभन्दा बढीको लगानीमा क्लब चलाइरहेका छन् । श्रेष्ठले रात्रिकालीन व्यवसायलाई सरकारले व्यवस्थित गरी सुविधा र सहजीकरण गर्नुपर्ने खाँचो औँल्याए। घरभाडा र कर्मचारीको तलब गरी मासिक रु आठदेखि १० लाख खर्च हुने गरेको उनको भनाइ छ ।
त्यसो त दुई महिनाअघि गृहमन्त्री जनार्दन शर्माले ठमेल र दरबारमार्गलाई २४ सैँ घण्टा खुलाउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै त्यसका लागि तयार हुन व्यवसायीलाई आग्रह गरेका थिए । ती क्षेत्रलाई २४ औं घण्टा सञ्चालनका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने व्यवसायीको माग छ ।
पछिल्लो समय क्लब तथा लाउन्जबारमा लगानी गर्ने क्रम बढेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समीर गुरुङले बताउनुभयो । रात्रिकालीन व्यवसायमा लगानी बढ्नु सकारात्मक भए पनि व्यवसायको सुरक्षा चुनौतीपूर्ण रहेको अध्यक्ष गुरुङको भनाइ छ।
एउटा क्लब खोल्न कम्तीमा एक करोड लाग्छ । पछिल्लो समय यस्ता क्लब खुल्ने क्रम जारी छ । रात्रिकालीन व्यवसायी संघका प्रवक्ता सुवास लिम्बूका अनुसार यो व्यवसायमा अहिले दुई अर्बभन्दा बढी लगानी भइसकेको छ । यस्ता व्यवसायको दर्ता गर्ने निकाय एउटै नहुँदा कति संख्यामा खुलेका छन् भन्ने यकिन विवरण नभए पनि करिब ३०० को हाराहारीमा छन् । रात्रिकालीन व्यवसायबाट करिब ५० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रोजगार पाएको व्यवसायी सुब्बाको भनाइ छ । यो व्यवसायमा दैनिक १० करोडको कारोबार हुने गरेको बताइएको छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












