यसरी बढ्दै छ राजधानीमा रातको रमाइलो
काठमाडौं, २४ भदौ । बदलिँदो समयसँगै मानिसका चाहना र विलासिता फेरिँदै गएको छ । सहरी जीवनमा सुखानुभूत गर्नेदेखि सहरमा रहरको पहिचान खोज्नेसम्मको एउटै गन्तव्य बन्ने गरेको छ रात्रिकालीन मनोरञ्जन । त्यसैले मनोरञ्जन व्यवसायको नाममा करोडौँ लगानी भइरहेको छ । स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेष्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायमा लगानी बढेको हो ।
विभिन्न पेशा व्यवसायमा आबद्ध मानिस दिनभर कामको थकानले साँझ मनोरञ्जनका साथै थकान मेटाउन गजल, क्लब, रेष्टुराँ धाउने गरेका छन् । राजधानीका पर्यटकीयस्थल ठमेल, दरबार मार्गमात्र नभई नयाँ गन्तव्य बनेको झम्सीखेल, सुन्धारा, लाजिम्पाट, नक्साल, बानेश्वर, गौशला, नयाँबसपार्क आदि स्थानमा यस्ता व्यवसाय विस्तार भइरहेका छन् ।
पुराना डेजाबु, काउजी, सर्कल, ईबिज्जा, फायर क्लब, ओएमजी, पर्पल हेज, कर्मा, शिशा बारलगायतका क्लब तथा लाउन्ज मर्मत र लगानी थपी नयाँ संरचनासहित खुलेका छन् । लाइभ म्युजिकसहितको क्लब तथा लाउन्ज रेष्टुराँमा नेपाली र विदेशी पर्यटकको ओइरो लाग्न थालेपछि लगानी गर्ने यसतर्फ आकर्षित भएका हुन् । ठमेलमा विगत १५ वर्षदेखि रात्रिकालीन व्यवसाय गर्दै आउनुभएका आयुष ठकुरी व्यावसायिक सम्भावना देखेर नै यो क्षेत्रमा लगानी बढाउँदै छन्। अस्वस्थ्य प्रतिस्पर्धा र बेलाबेला प्रहरी प्रशासनको अनावश्यक दबाब झेल्नुपर्छ ।
ठमेलकै क्लासिक बर्न लाउन्जका सञ्चालक अजयमान श्रेष्ठले पनि व्यावसायिक सम्भावना देखेरै लगानी बढाएका छन् । झण्डै १३ वर्षदेखि डान्स बार, आइ क्लबजस्ता व्यवसाय चलाउँदै आएका श्रेष्ठले दरबारमार्गमा करोडभन्दा बढीको लगानीमा क्लब चलाइरहेका छन् । श्रेष्ठले रात्रिकालीन व्यवसायलाई सरकारले व्यवस्थित गरी सुविधा र सहजीकरण गर्नुपर्ने खाँचो औँल्याए। घरभाडा र कर्मचारीको तलब गरी मासिक रु आठदेखि १० लाख खर्च हुने गरेको उनको भनाइ छ ।
त्यसो त दुई महिनाअघि गृहमन्त्री जनार्दन शर्माले ठमेल र दरबारमार्गलाई २४ सैँ घण्टा खुलाउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै त्यसका लागि तयार हुन व्यवसायीलाई आग्रह गरेका थिए । ती क्षेत्रलाई २४ औं घण्टा सञ्चालनका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने व्यवसायीको माग छ ।
पछिल्लो समय क्लब तथा लाउन्जबारमा लगानी गर्ने क्रम बढेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समीर गुरुङले बताउनुभयो । रात्रिकालीन व्यवसायमा लगानी बढ्नु सकारात्मक भए पनि व्यवसायको सुरक्षा चुनौतीपूर्ण रहेको अध्यक्ष गुरुङको भनाइ छ।
एउटा क्लब खोल्न कम्तीमा एक करोड लाग्छ । पछिल्लो समय यस्ता क्लब खुल्ने क्रम जारी छ । रात्रिकालीन व्यवसायी संघका प्रवक्ता सुवास लिम्बूका अनुसार यो व्यवसायमा अहिले दुई अर्बभन्दा बढी लगानी भइसकेको छ । यस्ता व्यवसायको दर्ता गर्ने निकाय एउटै नहुँदा कति संख्यामा खुलेका छन् भन्ने यकिन विवरण नभए पनि करिब ३०० को हाराहारीमा छन् । रात्रिकालीन व्यवसायबाट करिब ५० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रोजगार पाएको व्यवसायी सुब्बाको भनाइ छ । यो व्यवसायमा दैनिक १० करोडको कारोबार हुने गरेको बताइएको छ । रासस
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...












