विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा आफ्नो भएको रुसको दाबी
काठमाडौं? २७ भदौ । रुसले विश्वकै सबैभन्दा अग्लो शिखर माउन्ट एभरेस्ट अर्थात सगरमाथा आफ्नो भनि दाबी गरेको छ । प्रशान्त महासागरदेखि आर्कटिकसम्मको क्षेत्रलाई लिएर रुसको कैयौं विवादास्पद र प्रतिस्पर्धात्कम इलाकामाथि दाबी रहँदै आएको अवस्थामा सगरमाथालाई समेत आफ्नो दावी गरेको हो । सोमबार मस्कोका कूटनीतिक शाखाले इन्टरनेटमा राखेको सूचनाले बैलाई आश्चर्य चकित पार्ने गरी विश्वकै सगरमाथा आफ्नो भएको दाबी गरेको हो ।
बेलायतस्थित रुसी दूतावासले ट्वीटरमा नियमित पोस्ट गरिएका शुभ प्रभात अभिवादनहरुमध्येको एउटामा उक्त आशयको तस्वीर पोस्ट गरिएको छ । बेलायतस्थित रुसी दूतावासको उक्त मेटिइसकेको ट्विटमा माउन्ट एभरेस्टलाई रुसी भूभाग बताइएको छ ।
यस ट्विटप्रति सामाजिक सञ्जालमा धेरैले नै प्रतिक्रिया दिएका थिए । उक्त दाबीलाई लिएर चीन र नेपालले मुद्दा उठाउन सक्नेमा धेरैले जोड दिएका छन् । केहीले उक्त पोस्टबाट दूतावासले ध्यानाकर्षण गर्न चाहेको आरोप लगाएका छन् । एक जनाले रुसका लागि सबैभन्दा अग्लो ककेसर पहाडी क्षेत्रमा पर्ने माउन्ट एल्ब्रुस र एभरेस्टमा प्रशासन झुक्किएको हुन सक्ने जनाएका छन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












