प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुन शीर्ष नेता कहाँबाट चुनाव लड्ने तयारी गर्दै छन् ?
काठमाडौं, २७ भदौ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन मंसिरका लागि तय भएपछि दलका शीर्ष नेताहरु कहाँबाट चुनाव लड्दैछन् भन्नेबारे चर्चा सुरु हुन थालेको छ । कांग्रेस शीर्ष नेताहरूले प्रतिनिधिसभा निर्वाचनको तयारी थालेका छन् । तर, संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका नेताहरूले खुलेर निर्वाचन क्षेत्रको घोषणा गरेका छैनन् । आफूहरूले लड्दै आएको परम्परागत निर्वाचन क्षेत्रमै फेरि पनि निर्वाचन लड्ने कांग्रेसका शीर्ष नेताहरूले मनस्थिति बनाएका छन् । परम्परागत क्षेत्र रहेकै ठाउँबाट निर्वाचन लड्दा बढी सुरक्षित र सहज हुने बुझाइपछि उनीहरूले परम्परागत निर्वाचन क्षेत्र नै रोजेका छन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेसम्मका सबै निर्वाचन डडेल्धुराबाट लड्दै आएका छन् । उनी २०७० सालको संविधानसभा निर्वाचनमा डडेल्धुरा र कैलाली ६ बाट विजयी बने । उपचुनावका लागि देउवाले कैलाली ६ छोडेर डडेल्धुरा नै रोजे । देउवाले यसपटक कहाँबाट निर्वाचन लड्ने भन्ने घोषणा गरिसकेका छैनन् । तर, एक ठाउँबाट मात्र निर्वाचन लड्न पाउने हुँदा उनले फेरि पनि डडेल्धुरा नै रोज्ने मनस्थिति बनाएका छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेलले २०४८ सालयता तनहुँबाटै निर्वाचन जित्दै आएका छन् । २०४८ सालमा तनहुँ १ बाट जितेका उनले २०५१ सालयता तनहुँ २ बाट निर्वाचन लड्दै आएका छन् । तर, क्षेत्र निर्धारण गर्दा पौडेलले निर्वाचन जित्दै आएको तनहुँ २ यसपटक आधा आधा भएको छ । तीनबाट दुईवटा निर्वाचन क्षेत्र हुने क्रममा क्षेत्र नम्बर आधा–आधा भाग १ र २ परेपछि पौडेललाई दुवैतिरबाट लड्न माग भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
क्षेत्र निर्धारण गर्दा नवलपरासीलाई दुईवटा जिल्ला बनाइएको छ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले २०६४ र २०७० सालको संधिानसभा निर्वाचनमा जितेको नवलपरासी १ बाटै फेरि पनि निर्वाचन लड्ने तयारी गरेका छन् । नवलपरासीको पूर्वी भाग अर्थात् नवलपुरको क्षेत्र नम्बर १ बाटै कोइरालाले निर्वाचन लड्ने तयारी गरेको कांग्रेस जिल्ला सभापति विष्णु लामिछानेले जानकारी दिए ।
एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरूले संघीय संसद्को निर्वाचनमा लड्ने निर्वाचन क्षेत्रको तयारी थालेका छन् । शीर्ष नेताहरूले प्रत्यक्षतर्फको निर्वाचन क्षेत्रबारे पार्टीनिकट नेता र निर्वाचन क्षेत्रका कार्यकर्तासँग अनौपचारिक परामर्शमार्फत तयारी थालेका हुन् ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाएपछि साबिकको निर्वाचन क्षेत्रमा फेरबदल भएकाले नेताहरूले निर्वाचन क्षेत्रको रोजाइका लागि समयबाटै परामर्श अघि थालेका हुन् । अध्यक्ष ओलीसहित एमालेका सबैजसो शीर्ष नेता पुरानै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा लागेका छन् ।
माओवादी केन्द्रका अधिकांश शीर्ष नेता प्रतिनिधिसभा निर्वाचनमा आ–आफ्नै गृहजिल्लामा उठ्ने तयारी गरेका छन् । तर, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेक कुनै नेताले जिल्ला र निर्वाचन क्षेत्र घोषणा गरेका छैनन् ।
नारायणकाजी श्रेष्ठले गोरखा २ बाट उठ्ने तयारी गरेका छन् । उनको घर गोरखा सिरानचोक गाउँपालिका–८ जौबारीमा पर्छ । श्रेष्ठको मतदाता नामावली पनि त्यहीँ छ । माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले पनि चितवनबाटै निर्वाचनमा उठ्ने तयारी गरेका छन् । थापाको मतदाता नामावली भरतपुर महानगर–१० सप्तकोसीमा छ । उनको घर चितवन १ मा पर्छ ।
नेता वर्षमान पुन अनन्त रोल्पाबाट उठ्ने तयारी गरेका छन् । पहिलो संविधानसभा निर्वाचनमा उनी ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । तर, दोस्रो संविधानसभा निर्वाचनमा मोरङ ९ बाट पराजित भए । संघीय समाजवादी फोरमका अध्यक्ष सुनसरी–४ बाट निर्वाचन लड्ने तयारीमा छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












