कर्मचारीहरु मत गणनास्थलमै सुते, मुख्य निर्वाचन अधिकृत भन्छन्ः गणना गराउन सक्दिनँ

काठमाडौं, ७ असोज । यतिबेला २ नम्कर प्रदेशका स्थानीय तह निर्वाचनको मतगणना चलिहरको छ । असोज २ गते सम्पन तेस्रो चरण निर्वाचनको पूर्ण नजिता आउँन अझे केही दिन लाग्ने देखिनछ । अहिले सम्म एक सय भन्दा बढी स्थानीय तहको नजिता आईसकेको छ । बाँकी अधिंकाश स्थानीय तहको गणना चलिरहेको छ । कर्मचारीहरु अहोरात्र खटिएका छन् ।
सप्तरीको राजविराज नगरपालिकाको उम्मेदवार, उनका प्रतिनिधि एवं नगरबासी पनि परीणामको पर्खाइमा छन् । तर, गणनामा खटिएका कर्मचारीहरु भने गणनास्थलमै सुतेका छन् । लामो समयसम्म मतगणना गरिरहनुपर्दा केही गणकहरु मतगणनास्थलमै सुतेका हुन् ।
५ असोजको रातिदेखि नै राजविराज नगरपालिकाको गणना प्रारम्भ भएपनि ६ असोजको साँझदेखि रोकिएको छ । ६ असोज साँझदेखि एक्कासी गणना रोकिएपछि दलका प्रतिनिधि रातभर जाग्राम बसे भने कर्मचारीहरु गणनास्थलमै सिरानी राखेर सुते ।
वडा नम्बर १ बाट शुरु भएको गणना आधा नगन्दै रोकिएको छ । मुख्य निर्वाचन अधिकृतले शारदा कोइरालाले आफूले गणना गराउन नसक्ने बताएका छन् । ‘यहाँको गणना म गराउन सक्दिनँ’ उनले भने, ‘यो कुरा आयोगलाई पनि जानकारी गराइसकेको छु ।’ राजनीतिक दलका प्रतिनिधिहरुले भने गणना सुरु गर्न माग गरेका छन् । दलका नेताहरुले कर्मचारीहरुकै कारण गणना स्थगित भएको बताएका छन् ।
राजविराज नगरपालिका १५ का राजपा उम्मेदबारको निधन भएपछि यस वडामा ५ गते निर्वाचन भएर सोही रातिदेखि गणना शुरु भएको हो । गणना लामो समयदेखि स्थगित गरिएपछि गणना गर्न दशैंको टिकाको दिनसम्म कुर्नुपर्ने स्थिति देखिएको छ । यस्तै अन्य केही जिल्लामा समेत यस्तै भईरहेको छ । गणकहरु मतगणनास्थलमै सुत्ने् गरेका छन् ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












