होस गर्नुहोस हैं जुवातास खेल्ने वा जाडरक्सी सेवन गरे दशैभर प्रहरी खोरमा बस्नुपर्ला !
काठमाडौं, ११ असोज । चाडपर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुरमा दसैँ, तिहार छठलगायतका चाडपर्वलाई लक्षित गरेर प्रहरी विशेष सुरक्षा योजना बनाएर मातहतका सबै निकायलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले निर्देशन दिइसकेको छ ।
चाडपर्वमा विशेष गरेर चोरी, डकैती, लुटपाट, रक्सी खाएर झगडा गर्ने, गुण्डागर्दी जस्ता अपराध हुने गर्छ । यस विरुद्ध प्रहरीले कडा रुपमा निगरानी गर्ने जनाएको छ । जसका लागि प्रहरीले उपत्यकाका चोकमा थप सिसी क्यामेरा जडान गरेको छ । यसभन्दा अघि काठमाडौं उपत्यकाका तीन सय ३५ ठाउँमा सिसी क्यामेरा जडान भएको थियो । यो वर्ष चोकमा थप सिसी क्यामेरा थपिएको आयुक्त कार्यालयले जनाएको छ । महत्वपूर्ण आर्थिक कारोबार हुने ठाउँमा व्यवसायीलाई पनि सिसी क्यामेरा जोड्न प्रहरीले लगाएको छ । दसैँ तिहारमा हुनसक्ने चोरी डकैती तथा अपराध नियन्त्रण गर्न ५ हजार ४ सय ३७ प्रहरी परिचालन गरिएको छ ।
त्यति नै मात्रामा सादा पोशाकमा प्रहरी परिचालन गर्ने र नागरिकको सुरक्षामा विशेष ध्यान दिने प्रहरीले जनाएको छ । त्यस्तै आर्थिक कारोबार हुने, बैंक, वित्तीय संस्था, सुपर मार्केट बसपार्कलगायत भिडभाडयुक्त ठाउँमा पनि प्रहरीको निगरानी कडा बढाइने महानगरीय प्रहरी आयुक्त कार्यालयलका एआइजी जयबहादुर चन्दले जानकारी दिए ।
त्यस्तै चाडपर्वका अवसरमा अघिल्लो वर्षको अपराधको अवस्थालाई हेरेर महानगरीय प्रहरी परिसर ललितपुरले पनि चाडपर्व लक्षित सुरक्षा योजना बनाएको छ । दसैँमा हुने अपराध नियन्त्रण गर्न ललितपुर प्रहरीले पनि आफू मातहतका कार्यालयलाई निर्देशन दिइसकेको जनाएको छ ।
प्रहरीले चाडपर्वमा हुने चुनौतीहरुको विश्लेषण गरेको छ । हत्या, बलात्कार, धम्की, पाकेटमारी, चोरी, पेय पदार्थमा नसालु पदार्थ मिसाई खुवाउने, डकैती र लुटपाट, चेन स्न्याचिङ, मुद्रा सटही ठगी, क्यासिनो, जुवा, तास, लङ्गुर बुर्जा र तीन गोटी खेलाउने जस्ता कार्यहरु मुख्य चुनौती रहेको प्रहरीले जनाएको छ । कसैले लंगुर बुर्जा खेलाएको पाइए तिनीहरु दसैँ सम्म प्रहरी हिरासतमा हुने आयुक्त कार्यालये जनाएको छ ।
त्यस्तै रक्सी खाएर होहल्ला, झगडा, खाद्यान्न मिसावट तथा कालो बजारी, टिकटमा कालो बजारी जस्ता कुरा पनि मुख्य चुनौती रहेको र सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । यी चुनौतीलाई ध्यान दिएर सुरक्षा योजना बनाएको र त्यसै अनुसार काम गरेको प्रहरीले जनाएको छ ।
एआइजी चन्दले घटना भएको ५ मिनेट भित्र प्रहरी घटनास्थलमा पुगिसक्ने बताए । काठमाडौं उपत्यकाका बजार क्षेत्रहरू असन, न्युरोड, कालीमाटी, दरबारमार्ग, बसपार्कलगायतमा हुन सक्ने ठगी, कालोबजारी, पाकेटमारी नियन्त्रणको लागि सामुदायिक प्रहरी परिचालन गरिएको छ । प्रहरी परिचालनसँगै अहिलेसम्म कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।
प्रहरीले दसैं सुरक्षा योजनामा अहिले ३२ ठाउँ चेकिङ गरिरहेको छ । जसमा प्रहरी विशेष ट्राफिक चेकिङ गरेको छ । जस अन्तर्गत लामो दूरीका गाडीहरु चेकिङ्ग, नागढुङ्गा, फर्पिङ्ग, जगाती, मुड्कुलगायत उपत्यकाबाट बाहिरिने सबै नाकाहरुमा चेकिङ गरिहेको छ ।
त्यस्तै प्रहरीले पिकेट गस्ती, पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती, सादा पोशाकमा प्रहरी परिचालन, क्युक रेस्पोन्स भेइकल (सिआरभी), क्युक रेस्पोन्स टिम (क्युआरटी) सरप्राइज चेकिङ, भिगोरस चेकिङ गरेको छ ।
त्यस्तै डक स्न्याचिङ पनि गरिएको छ । जसमा संका लागेको अवस्थामा प्रहरीले कुकुरको सहायताले चेकिङ गर्ने गरेको छ । कुकुरको सुघ्ने क्षमता धेरै भएकाले विस्फोटक पदार्थ र अपराधीहरु पत्ता लाग्न सक्ने सम्भावना हुन्छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












