एमालेले आगामी चुनावमा माओवादीसहित सबै वामपन्थीसँग तालमेल गर्ने
काठमाडौं, १५ असोज । नेकपा एमालेले आगामी चुनावमा वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने भएको छ । स्थानीय तह तेस्रो चरणको निर्वाचनमा सन्तोषजनक नतिजा नआएपछि आगामी चुनावमा वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने भएको हो ।
चुनावको रणनीति र उम्मेदवारबारे छलफल गर्न आइतबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो । एमालेले सत्तारुढ माओवादीसँगको तालमेलको प्रयासलाई प्राथमिकतामा राखेको छ । ‘देशभक्त, प्रगतिशिल र वामपन्थी शक्तिसँग तालमेल गर्ने भन्ने कुरा छ,’ एमाले प्रचार बिभाग उपप्रमुख सूर्य थापाले भने, ‘बहुमतसहित एमाले नेतृत्वको सरकार बनाउने निर्णय भएको छ ।’
माओवादी सत्तारुढ दल भएकाले उसँग तालमेल गर्ने कुरा छलफलको क्रममा रहेको तर, निर्णय नभइसकेको उनले बताए । एमालेले चुनावी तालमेल कसरी गर्ने भन्ने अन्तिम निर्णयको जिम्मा भने स्थानीय पार्टी कमिटीलाई नै दिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा हुँदैछ । सो चुनावका लागि उम्मेदवार छनोट र घोषणा पत्र निर्माण लगायतका बिषयलाई पनि अघि बढाउने एमालेले जनाएको छ ।
प्रदेश कमिटीको बैठकले आगामी असोज २२ र २३ गते उम्मेदवारहरुको सिफारिस स्थायी कमिटी बैठकमा प्रस्तुत गर्नुपर्नेछ । प्रत्येक जिल्ला कमिटीबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक महिलासहित तीन जनाको नाम समानुपातिक उम्मेदवारका लागि पनि स्थायी समितिमा पठाउनुपर्ने विधि एमालेले बनाएको छ । तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा २९४ स्थान जितेर एमाले पहिलो पार्टी बनेको छ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












