हृदयेश त्रिपाठीसहित पाँच नेताद्वारा राजपाबाट विद्रोह, अब एमालेको सूर्य चिन्हमा चुनाव लड्ने
काठमाडौं, १६ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य हृदयेश त्रिपाठीसहितका पाँच नेताले पार्टीबाट विद्रोह गरेका छन् । हाल ‘स्वतन्त्र राजनीतिक समूह’ बनाएका उनीहरु एमालेको सूर्य चिन्हबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागी हुने भएका छन् ।
एमालेद्वारा प्रकाशित प्रेस विज्ञप्तिअनुसार सोमबार पार्टी महासचिव ईश्वर पोखरेल र उक्त समूहका नेताहरुबीच यस्तो लिखित सहमति भएको हो । सहमति पत्रमा एमालेका तर्फबाट महासचिव पोखरेल तथा समूहका तर्फका त्रिपाठी, बृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले हस्ताक्षर गरेका छन् ।
पूर्वसांसद तथा पूर्वमन्त्री त्रिपाठीको निर्वाचन क्षेत्र नवलपरासी, गुप्ता र ईश्वरदयालको कपिलवस्तु तथा पशुपतिदयाल र शुक्लाको बाँकेमा पर्छन् । दुई पक्षबीच सोमबार भएको दुईबुँदे सहमतिअनुसार समूहका नेताहरु सोही परिचयका साथ चुनावमा सहभागी हुनेछन् तर चिन्ह भने सूर्य प्रयोग गर्नेछन् ।
‘तराई मधेशसमेतका बासिन्दालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित गर्नु हाम्रो साझा जिम्मेवारी हो,’ विज्ञप्तिको दोस्रो बुँदामा उल्लेख छ, ‘हामीहरु संविधान कार्यान्वयनका क्रममा देश र जनताको आवश्यकताअनुसार परिमार्जन र विकास गर्दै जान, तराई मधेशका साथै समग्र राष्ट्रमा आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्न र सम्पूर्ण नेपालीको सुखी र समृद्ध जीवनका लागि सहकार्य गर्न सहमत भएका छौं ।’
६ वटा मधेशकेन्द्रित दल मिलेर राजपा गठन भएपछि तत्कालीन तमलोपाका सह-अध्यक्ष त्रिपाठी असन्तुष्ट रहँदै आएका थिए । लामो समयदेखि उनी एमाले प्रवेश गर्न लागेको हल्ला चल्दै आएको थियो । प्रदेश २ को स्थानीय तह निर्वाचनमा पनि उनी राजपाका लागि सक्रिय देखिएका थिएनन् । पहिलो र दोस्रो चरणको निर्वाचन राजपाले बहिष्कार गरेको थियो ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












