एमालेसँग पार्टी एकता गर्नेबारे छलफल गर्न माओवादीमा प्रचण्डको नेतृत्वमा समिति गठन
काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलबारे वार्ता गर्न एक समिति गठन गरेको छ । एमालेले माओवादी केन्द्र लगायतका बामपन्थी दलहरुसँग तालमेल गरेर अगाडि बढ्ने बताईरहेको बेला माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वार्ता समिति गठन गरेको हो । अध्यक्ष प्रचण्ड नेतृत्वको समितिमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य रहेका छन् । उक्त समितिलाई उच्चस्तरीय समितिको नाम दिईएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
सोमबार झण्डै ६ घण्टासम्म बसेको माओवादी सचिवालय बैठकले आसन्न प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा तालमेलबारे छलफल गर्न अध्यक्ष प्रचण्डको नेतृत्वमा समिति गठन गरिएको हो । प्रवक्ता भुसालले भनिन्, ‘चुनावमा एमालेसँग तालमेल गरेर जाने निर्णय भएको छ । त्यसका लागि कहाँ, कसरी तालमेल गर्ने भन्ने विषयमा सबै निर्णय गर्ने जिम्मा अध्यक्ष नेतृत्वको समितिलार्इ दिइएको छ ।’
सो समितिलाई मुलुकको आवश्यकतालाई हेरी तालमेल वा पार्टी एकतासम्मको निर्णय लिनसक्ने गरी जिम्मेवारी दिइएको बताइएको छ । नेकपा एमालेले वाम तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादीले यस्तो निर्णय गरेको हो । तालमेलका लागि बिगत केही दिनदेखि एमाले र माओवादी नेताहरुवीच अनौपचारिक छलफल भइरहेको छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












