हनिप्रितसँग ९ घण्टामा पुलिसले सोध्यो ६० प्रश्न, जवाफमा यस्तो पाए पुलिस अधिकारीले
एजेन्सी, २१ असोज । पछिल्लो २४ घण्टामा पंचकूला पुलिसका चार अफिसरले राम रहिमकी कथित छोरी हनिप्रित इन्सासँग ९ घण्टासम्म सोधपुछ गर्यो । चार पुलिस अफिसरले दिनमा पाँचपटक भिन्न–भिन्न सोधपुछ गरे । ६० भन्दा बढि प्रश्न सोधियो तर कुनै पनि प्रश्नको जवाफ पाइएन । हनिप्रितले टाउको दुखेको बहाना गरेर चिया र औषधीको माग गरिन् ।
पुलिस कमिश्नरका अनुसार उनी प्रश्नको जवाफ सही तरिकाले दिइरहेकी छैनन् । डाक्टरको समूहले उनको उपचार गरे । रक्तचाप र इसीजी दुबै साधारण छन् ।
हनिप्रितले सोधपुछमा भनिन्, ‘हो, मेरो योजना पक्कै थियो तर….. (चुप भइन्)
पुलिसः डेरेका मानिसहरुलाई पंचकूला बोलाइयो, कतिजना बोलाउने योजना थियो ?
हनिप्रितः यो योजना मेरो पक्कै थियो तर…. (चुप भइन्)
पुलिसः कतिजनालाई पंचकूलामा यस्तो योजना भइरहेको छ भन्ने जानकारी दिइयो ?
हनिप्रितः (पहिला चुप भइन्, त्यसपछि भनिन्) मानिसहरु त यहाँ आउँथे नै ।
पुलिसः कस्ता नम्बर प्रयोग भए ?
हनिप्रितः मसँग जुन नम्बर पहिले देखि नै थियो, त्यही नै प्रयोग भयो । त्यसपछि मेरो फोन बिग्रियो र एउटा नम्बर बन्द भयो ।
पुलिसः आदित्यसँग अन्तिम पटक कहिले भेट भयो ?
हनिप्रितः थाहा छैन कहिले भेटेकी थिएँ, केही याद आइरहेको छ्रैन ।
अन्य प्रश्नमाथि यस्तो जवाफ…
प्रश्नः तिम्रो अर्को मोबाइल खोइ ?
– अर्को मोबाइल ? …. त्यो त हरायो, कहाँ भन्ने मलाई थाहा छैन ।
प्रश्नः तिमीसँग गाडीमा को–को थिए ?
– को को थिए मलाई थाहा छैन, उनीहरुको नाम याद छैन ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












