बाम गठबन्धन दुई तिहाइ तर्फ, अब काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले के गर्ला ?
काठमाडौं, २१ असोज । नेकपा एमाले नेतृत्वको बाम गठबनधनलाई दुई तिहाई बहुमत पुग्ने देखिएको छ । एमाले, माओवादी केन्द्र, नयाँ शक्ति लगायत दलहरु गठबन्धन बनाएर आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिएको बाम गठबन्धनलाई दुई तिहाई पुग्ने देखिएको हो । एमाले, माओवादी केन्द्र तथा नयाँ शक्ति सम्मिलित वाम गठबन्धनमा अन्य दल पनि थपिने क्रम जारी छ ।
बाम गठबन्धनमा अब चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा माले र परिवार दल समेत सामेत हुने भएका छन् । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले सहभागी हुन आव्हान गरेपनि यी दलहरुले बाम गठबन्धनमा नै आउने निर्णय गरेका हुन् । यसअघि राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदयेश त्रिपाठीले आफ्नो समुहले एमालेको सुर्य चिन्हबाट आगामी चुनाव लड्ने निर्णय गरिसकेका छन् ।
राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पार्टीले बाम गठबन्धनमा सहभागी हुने विषयमा पार्टीले छिट्टै निर्णय गर्ने तयारी गरेको जानकारी दिए । उनले भान्सा, पहिरन र व्यवहार मिल्नेसँग किन बेग्लै बस्ने भन्ने अवधारणाबाट आफूहरु अघि बढिरहेको बताए ।
शुक्रबारमात्र नेपाल परिवार दलले आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनको चुनाव चिन्हमा निर्वाचन लड्ने निर्णय गरेको थियो । एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा भएको तीनबुँदे सहमतिअनुसार परिवार दलले आसन्न निर्वाचनमा सूर्य चिन्ह लिएर निर्वाचन लड्ने छ । यस्तै, निर्वाचनपछि बन्ने संसद्मा परिवार दलले एमालेको ह्वीप मान्ने सहमति पनि भएको छ ।
नेकपा मालेले पनि बाम गठबन्धनमा सहभागी हुने निर्णय गरेको छ । प्रगतिशिल बामपन्थी पार्टीहरु एक भएर चुनाव लड्ने योजना अनुसार बाम गठबन्धन बनेको र नेकपा माले पनि यसमा सहमत भएकाले गठबन्धनसँग तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको माले महासचिव सिपी मैनालीले जानकारी दिए । बाम गठबन्धनमा कमल थापा नेतृत्वको राप्रपालाई समेत अटाउने प्रयासमा केपी ओली र प्रचण्ड लागेका छन् । उनीहरूले डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादीलाई पनि तान्ने प्रयास थालेका छन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












