पार्टी छोडेको १० वर्षपछि विजय गच्छदार काँग्रेसमा फर्कदैं, आज पार्टी एकीकरण हुँदै
काठमाडौं, २३ असोज । नेपाली काँग्रेस र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबीच पार्टी एकीकरण हुने भएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको चर्चा चलिरहेका बेला काँग्रेस र फोरक लोकतान्त्रिकबीच आज पार्टी एकीकरण हुन लागेको हो । कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी एकीकरणका लागि अन्तिम तयारी भएको जानकारी दिए ।
फोरम लोकतान्त्रिक र कांग्रेसबीच एकीकारणका लागि केहि दिन देखि सघन छलफल भइरहेको र आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र गच्छदारबीच छलफल भएपछि पार्टी एकताको टुंगो लागेको बताए।
कार्यविभाजनमा कुरा नमिल्दा आइतबार हुने भनिएको एकता अन्तिम समयमा रोकिएको थियो। पार्टी एकीकरणको टुंगो लागेपनि समय र स्थान भने अझै तय भइनसकेको कांग्रेस नेता एनपी साउँदले बताए। उनले भने, ‘आज एकीकरण हुने निश्चित हो तर कार्यक्रमको स्थान र समय निश्चित हुन बाँकी छ।’
गच्छदार २०६४ सालमा सम्पन्न सविधान सभाको निर्वाचन अघि कांग्रेस छोडेर तत्कालिन मधेशी जनाधिकार फोमर प्रवेश गरेका थिए। पार्टी छोडेको करिव दश बर्षपछि उनी कांग्रेसमै फर्किन लागेका हुन्।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












