गौचनको हत्या लगत्तै काठमाडौंका एसएसपीलाई ‘सुटर’को फोन कल, आखिर को हुन् ?
काठमाडौं, २४ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमा गौचनलाई गोली हानी हत्या गर्ने व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रवीन्द्र धानुकलाई फोन गरी जिम्मेवारी लिएका छन् । आफूलाई लोप्साङ लामा नाम बताउने व्यक्तिले एसएसपी थानुकलाई सोमबार साँझ फोन गरेको उनले बताए। ‘प्रइभेट नम्बरबाट सवा चारबजेतरि आफूलाई लोप्साङ लामा बताउने व्यक्तिले फोन गरेर घटनाको आफूले गराएको दाबी गर्यो’, एसएसपी धानुकले भने, ‘मागेको पैसा नदिएकाले गोली हानेको उसको भनाइ थियो।’
गौचन हत्याको केही समयपछि अन्य व्यवसायीलाई पनि फोनबाट धम्की आएको छ। लामा कन्स्ट्रक्सनका अध्यक्ष तथा प्रबन्ध निर्देशक जीपछिरिङ लामालाई फोनमार्फत् धम्की आएकाले उनले बताए। ‘गौचनको के हाल भयो चाल पाइस ? पैसा दिइनस भने त्यही हाल बनाइदिन्छु’, फोनबाट आएको धम्की उदृत गर्दै लामाले भने। काँग्रेस नेतासमेत रहेका लामा निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन्।
सोमबारै रुपन्देहीका दुई व्यवसायीलाई समेत फोनबाट ज्यानको धम्की दिएको उजुरी प्रहरीमा परेको छ। प्रहरीकाअनुसार रुपन्देहीका व्यवसायी सुजु मल्ल तथा पदम ढुंगानालाई फोनबाट ‘काठमाडौंमा के भयो चाल पाइस होला पैसा दिइनस् भने त्यही हालत बनाइदिन्छु’ भन्दै फोनबाट धम्की आएको थियो।
प्रहरीकाअनुसार धम्की आएका फोन नम्बरहरु कुनै पनि देखिएका थिइनन्। सबैमा प्राइभेट नम्बर देखिएको थियो। सुरक्षाको कारण टेलिकम सेवा प्रदायकहरुले विशिष्ट व्यक्तिहरुका फोन नम्बरहरु कल गर्दा नदेखिने र प्राइभेट देखाउने बनाइदिएका छन्। विदेशबाट आउने फोन कल प्राइभेट देखिनु सामान्य मानिन्छ। इन्टरनेटमार्फत् गुण्डा समूहले नम्बर नदेखिनेगरी फोन गरेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
देशभरिका निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार दिउँसो काठमाडौंमा हत्या थियो। नयाँ वानेश्वरको खरीबोटमा अज्ञात समूहले गोली हानी उनको हत्या गरेको हो।
तीन राउन्ड गोली लागेका उनलाई तत्काल सिभिल अस्पताल पुर्योइएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। मोटरसाइकलमा आएका दुई व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको थिए। प्रहरीले काठमाडौंबाट बाहिर जाने नाकाहरुसमेत कडा चेकजाँच गरी हत्याराको खोजी गरिरहेको छ। पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा अध्ययन गरेका उनी उनी डाँफे कन्स्ट्रक्सनका सञ्चालक थिए। निर्माण व्यवसायी महासंघको पछिल्लो अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका थिए।
अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन
प्रहरी प्रधान कार्यालयले सोमबार दिउँसो भएको गौचन हत्या घटना छानवीन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ। समितिमा विशेष व्युरोका एसएसपी शेरबहादुर बस्नेत, डिएसपी अजय केसी, अंगुर जिसी तथा प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी सदस्य छन्। नागरिक दैनिकमा खबर छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












