गौचनलाई सहिद घोषणा गर्न माग, भोली देशभर निर्माण कार्य बन्द गर्ने (विज्ञप्तिसहित)
काठमाडौं, २४ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनलाई सहिद घोषणा गर्न माग गरिएको छ । राधानीको नयाँ वानेश्वरमा अज्ञात समूहको गोली प्रहारबाट हत्या गरिएका गौचनलाई सहीद घोषणा गर्न माग गरिएको हो ।
महासंघले एक विज्ञप्ति जारी गर्दै गौचनलाई सहित घोषणा गर्न माग गर्दै तत्काल हत्यारा पत्ता लगाई कडा भन्दा कडा सजाय दिन नेपाल सरकार सँग माग गरेको छ । यस्तै असोज २५ गतेका दिन देशभरका सम्पूर्ण निर्माण कार्यहरु बन्द गर्ने महासंघको आकस्मिक बैठकले निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
निर्माण व्यवसायी महासंघको विज्ञप्ति
नेपालका तमाम निर्माण व्यवसायीहरुको छाता संस्था तथा उद्योगहरुको पनि उद्योग नेपाल निर्माण व्यवसायी महासंघका श्रद्धेय अध्यक्ष श्री शरद कुमार गौचनज्यूको असोज २३ गते दिउसो आफ्नो घरवाट महासंघ आउने क्रममा सवार गाडीमा अगाडिको शिसाबाट गोली हानी गरिएको अतातायीपूर्ण हत्या प्रति घोर भत्र्सना र क्षोभ व्यक्त गर्दै हाम्रो श्रद्धेय अध्यक्षज्यू प्रति भएको यस दुःखद घट्ना पश्चात काठमाण्डौंमा उपलब्ध महासंघका मानार्थ सदस्यहरु, सल्लाहककारहरु, पदाधिकारी तथा सदस्यहरुको आकस्मिक बैठक मिति २०७४/०६/२३ गते साँझ ७ वजे वसेको महासंघ कार्य समितिको बैठकका निर्णयहरुः
निर्णयहरु:
१. श्रद्धेय अध्यक्ष श्री शरद कुमार गौचनज्यूको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति तथा शोकमा रहेका सम्पूर्ण निर्माण व्यवसायी तथा तमाम व्यवसायी उद्योगी व्यवसायी लगायत जन समुदाय प्रति हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरियो ।
२. श्रद्धेय अध्यक्ष श्री शरद कुमार गौचनको क्रुर र अतातयी पूर्ण हत्याको घोर भत्र्सना गर्दछौं र निजलाई सहित घोषणा गरि तत्काल हत्यार पत्ता लगाई कडा भन्दा कडा सजाय गर्न नेपाल सरकार सँग जोडदार माग गर्ने र हत्यारा पत्ता लागि हिरासतमा नलिए सम्म सम्पूर्ण देशमभरका निर्माण व्यवसायीहरु आन्दोलीत हुने छौं । सम्पूर्ण निर्माण खरिदका वोलपत्रहरु आव्हान नगर्न नगराउन नेपाल सरकार समक्ष जोडदार माग गर्ने र सो अवधि सम्म सम्पूर्ण वोलपत्रहरुका कार्यहरुमा सहभागी नहुन र वहिस्कार गर्न गराउनका लागि सम्पूर्ण निर्माण व्यवसायीहरुलाई अनुरोध गर्ने निर्णय गरियो ।
३. मिति २०७४ साल आश्नि २५ गतेका दिन देशभरका सम्पूर्ण निर्माण कार्यहरु बन्द गर्न आव्हान गर्ने निर्णय गरियो ।
४. यस शोकको घडिमा देहाय बमोजिम गर्ने निर्णय गरियो ।
क) महासंघको भावी कार्यक्रम तथा तत्काल निर्णय गर्नका लागि यथा संम्भव सल्लाहकारज्यूहरु र पदाधिकारीज्यूहरु सँग समन्वय गरी उचित निर्णय लिन बरिष्ठ उपाध्यक्ष बिष्णुभाइ श्रेष्ठ र महासचिव रामशरण देउजाज्यूलाई विशेष जिम्मेवारी दिने निर्णय गरियो ।
ख) महासंघ सचिवालयबाट हुने दैनिक कार्यहरु २०७४/०६/२४ गते देखि २६ गते सम्म बन्द गर्ने र श्रद्धेय स्व. अध्यक्ष शरद कुमार गौचनज्यूको पूर्ण कदको तस्वीर सहित महासंघ परिसरमा शोक पुस्तिका राख्ने र महासंघको झण्डा आधा झुकाउने निर्णय गरियो ।
ग) महासंघ अन्तर्गत रहेका सम्पूर्ण क्षेत्रीय संघहरु, जिल्ला संघहरुका दैनिक हुने कार्यहरु मिति २०७४/०६/२४ गते देखि ३ दिन सम्म बन्द गर्ने र सम्पूर्ण क्षेत्रीय तथा जिल्ला संघहरुमा श्रद्धेय अध्यक्षज्यूको तस्वीर सहित शोक पुस्तिका राख्ने ।
घ) सबै एशोसिएट सदस्यहरु, क्षेत्रीय संघहरु,जिल्ला संघहरुले श्रद्धेय अध्यक्षज्यूको हत्यारा तत्काल पत्ता लगाई कडा भन्दा कडा कार्वाही गर्न आ–आफ्नो क्षेत्रबाट जोडदार माग गर्ने ।
५. श्रद्धेय अध्यक्षज्यूको हत्या पश्चात समेत विभिन्न अज्ञात टेलिफोन नम्बरहरुबाट धम्कीपूर्ण फोनहरु आइरहेको सन्दर्भमा तत्काल शान्ति सुरक्षाको व्यवस्था गर्न सरकार सँग जोडदार माग गर्ने र थप निर्णयहरु गर्दै जाने निर्णय गरियो साथै निर्माण व्यवसायी लगायत सम्पूर्ण व्यवसायीहरुलाई शान्ति सुरक्षाको पूर्ण प्रत्यभूतिको माग गर्ने र शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नभए सम्म आन्दोलित भै रहने र आकस्मिक बैठहरु बस्दै आकस्मिक निर्णयहरु गर्दै जाने ।
६. यस शोकको घडीमा शान्ति सुरक्षाको लागि तथा हत्यारा पत्तालगाई कडा भन्दा कडा कार्वाही गर्नको लागि नेपाल उद्योग बाणिज्य महासंघ लगायतका सम्पूर्ण पेशागत संघ संगठनहरुमा आव्हान गर्ने निर्णय गरियो ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












