गौचनलाई सहिद घोषणा गर्न माग, भोली देशभर निर्माण कार्य बन्द गर्ने (विज्ञप्तिसहित)
काठमाडौं, २४ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनलाई सहिद घोषणा गर्न माग गरिएको छ । राधानीको नयाँ वानेश्वरमा अज्ञात समूहको गोली प्रहारबाट हत्या गरिएका गौचनलाई सहीद घोषणा गर्न माग गरिएको हो ।
महासंघले एक विज्ञप्ति जारी गर्दै गौचनलाई सहित घोषणा गर्न माग गर्दै तत्काल हत्यारा पत्ता लगाई कडा भन्दा कडा सजाय दिन नेपाल सरकार सँग माग गरेको छ । यस्तै असोज २५ गतेका दिन देशभरका सम्पूर्ण निर्माण कार्यहरु बन्द गर्ने महासंघको आकस्मिक बैठकले निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
निर्माण व्यवसायी महासंघको विज्ञप्ति
नेपालका तमाम निर्माण व्यवसायीहरुको छाता संस्था तथा उद्योगहरुको पनि उद्योग नेपाल निर्माण व्यवसायी महासंघका श्रद्धेय अध्यक्ष श्री शरद कुमार गौचनज्यूको असोज २३ गते दिउसो आफ्नो घरवाट महासंघ आउने क्रममा सवार गाडीमा अगाडिको शिसाबाट गोली हानी गरिएको अतातायीपूर्ण हत्या प्रति घोर भत्र्सना र क्षोभ व्यक्त गर्दै हाम्रो श्रद्धेय अध्यक्षज्यू प्रति भएको यस दुःखद घट्ना पश्चात काठमाण्डौंमा उपलब्ध महासंघका मानार्थ सदस्यहरु, सल्लाहककारहरु, पदाधिकारी तथा सदस्यहरुको आकस्मिक बैठक मिति २०७४/०६/२३ गते साँझ ७ वजे वसेको महासंघ कार्य समितिको बैठकका निर्णयहरुः
निर्णयहरु:
१. श्रद्धेय अध्यक्ष श्री शरद कुमार गौचनज्यूको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति तथा शोकमा रहेका सम्पूर्ण निर्माण व्यवसायी तथा तमाम व्यवसायी उद्योगी व्यवसायी लगायत जन समुदाय प्रति हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरियो ।
२. श्रद्धेय अध्यक्ष श्री शरद कुमार गौचनको क्रुर र अतातयी पूर्ण हत्याको घोर भत्र्सना गर्दछौं र निजलाई सहित घोषणा गरि तत्काल हत्यार पत्ता लगाई कडा भन्दा कडा सजाय गर्न नेपाल सरकार सँग जोडदार माग गर्ने र हत्यारा पत्ता लागि हिरासतमा नलिए सम्म सम्पूर्ण देशमभरका निर्माण व्यवसायीहरु आन्दोलीत हुने छौं । सम्पूर्ण निर्माण खरिदका वोलपत्रहरु आव्हान नगर्न नगराउन नेपाल सरकार समक्ष जोडदार माग गर्ने र सो अवधि सम्म सम्पूर्ण वोलपत्रहरुका कार्यहरुमा सहभागी नहुन र वहिस्कार गर्न गराउनका लागि सम्पूर्ण निर्माण व्यवसायीहरुलाई अनुरोध गर्ने निर्णय गरियो ।
३. मिति २०७४ साल आश्नि २५ गतेका दिन देशभरका सम्पूर्ण निर्माण कार्यहरु बन्द गर्न आव्हान गर्ने निर्णय गरियो ।
४. यस शोकको घडिमा देहाय बमोजिम गर्ने निर्णय गरियो ।
क) महासंघको भावी कार्यक्रम तथा तत्काल निर्णय गर्नका लागि यथा संम्भव सल्लाहकारज्यूहरु र पदाधिकारीज्यूहरु सँग समन्वय गरी उचित निर्णय लिन बरिष्ठ उपाध्यक्ष बिष्णुभाइ श्रेष्ठ र महासचिव रामशरण देउजाज्यूलाई विशेष जिम्मेवारी दिने निर्णय गरियो ।
ख) महासंघ सचिवालयबाट हुने दैनिक कार्यहरु २०७४/०६/२४ गते देखि २६ गते सम्म बन्द गर्ने र श्रद्धेय स्व. अध्यक्ष शरद कुमार गौचनज्यूको पूर्ण कदको तस्वीर सहित महासंघ परिसरमा शोक पुस्तिका राख्ने र महासंघको झण्डा आधा झुकाउने निर्णय गरियो ।
ग) महासंघ अन्तर्गत रहेका सम्पूर्ण क्षेत्रीय संघहरु, जिल्ला संघहरुका दैनिक हुने कार्यहरु मिति २०७४/०६/२४ गते देखि ३ दिन सम्म बन्द गर्ने र सम्पूर्ण क्षेत्रीय तथा जिल्ला संघहरुमा श्रद्धेय अध्यक्षज्यूको तस्वीर सहित शोक पुस्तिका राख्ने ।
घ) सबै एशोसिएट सदस्यहरु, क्षेत्रीय संघहरु,जिल्ला संघहरुले श्रद्धेय अध्यक्षज्यूको हत्यारा तत्काल पत्ता लगाई कडा भन्दा कडा कार्वाही गर्न आ–आफ्नो क्षेत्रबाट जोडदार माग गर्ने ।
५. श्रद्धेय अध्यक्षज्यूको हत्या पश्चात समेत विभिन्न अज्ञात टेलिफोन नम्बरहरुबाट धम्कीपूर्ण फोनहरु आइरहेको सन्दर्भमा तत्काल शान्ति सुरक्षाको व्यवस्था गर्न सरकार सँग जोडदार माग गर्ने र थप निर्णयहरु गर्दै जाने निर्णय गरियो साथै निर्माण व्यवसायी लगायत सम्पूर्ण व्यवसायीहरुलाई शान्ति सुरक्षाको पूर्ण प्रत्यभूतिको माग गर्ने र शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नभए सम्म आन्दोलित भै रहने र आकस्मिक बैठहरु बस्दै आकस्मिक निर्णयहरु गर्दै जाने ।
६. यस शोकको घडीमा शान्ति सुरक्षाको लागि तथा हत्यारा पत्तालगाई कडा भन्दा कडा कार्वाही गर्नको लागि नेपाल उद्योग बाणिज्य महासंघ लगायतका सम्पूर्ण पेशागत संघ संगठनहरुमा आव्हान गर्ने निर्णय गरियो ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












