बाम गठबन्धनमा सांसद बाँडफाँडको तयारी, कुन प्रदेशमा कसलाई कति ?
काठमाडौं, २४ असोज । आसन्न प्रतिनिधी र प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच ६० र ४० को सहमति छ । त्यहीअनुरुप निर्वाचन क्षेत्र वाँडफाँडको काम भईरहेको छ । निर्वाचन क्षेत्र बाँडफाँड गर्न गठित समितिले गहन छलफल गरिरहेको छ । तर अहिलेसम्म यस विषयमा सहमति हुन सकेको छैन । अहिलेसम्मको छलफल र गृहकार्य अनुसार माओवादी केन्द्रले प्रतिनिधी सभामा ५६ सीट पाउने देखिएको छ ।
नेकपा एमालेले भने ८० देखि ९० सीट पाउने छ । केन्द्रमा रहेका कुल १६५ सीट मध्ये वाम गठबन्धनमा आउने अन्य शक्ति र नयाँ शक्तिलाई सीट छुट्याएपछि वाँकी रहेकोबाट एमाले र माओवादीबीच ६० र ४० अनुपातमा सीट वाँडफाँड गर्नै सहमति भएको थियो । उक्त सहमति अनुसार माओवादीले केन्द्रमा ५६ सीट पाउने देखिएको हो ।
अहिलेसम्म चलिरहेको छलफलका आधारमा ७ वटै प्रदेशमा माओवादी र एमालेवीच ‘बार्गेनिङ’ चलिरहेको छ । यो सहमति अन्तिम भने होईन् । अहिले दलहरुबीच सीटको बाँडफाँट सम्बन्धी बहस चलिरहेको छ ।
प्रदेश १ मा कस्ले कति ?
प्रदेश १ मा प्रतिनिधिसभातर्फ माओवादीले बढीमा ५ सीट पाउने सम्भावना देखिएको छ । यद्यपि उसले ८ सीटसम्म दाबी गरेको छ । प्रदेश १ का २८ सीटमध्ये झापामा १, मोरङमा २ र उदयपुरमा १ सीट माओवादीले पाउने सम्भावना बढी छ । त्यस्तै सोलुखुम्बु, भोजपुर, खोटाङ र सुनसरीको एउटा सीटमा पनि दाबी गरेको छ । यीमध्ये बढीमा दुई सीट माओवादीलाई दिएर प्रदेशसभा बढी लिने गरी सहमतिको प्रयास भइरहेको एमाले स्रोतले जनाएको छ ।
प्रदेश २ को लागि यस्तो छ बार्गेनिङः
प्रदेश २ का ३२ मध्ये माओवादीलाई १६ सीट छाड्न एमाले तयार भइसकेको छ । यो चुनावमा स्थानीय चुनावमा वडाको मतका आधारमा एमाले र माओवादीले बराबरी जितेका छन् भने लोकप्रिय मतमा एमाले केही मतले अगाडि छ ।
प्रदेश २ अन्तर्गत एमालेले सप्तरीमा माओवादीलाई २ सीट छाड्नेछ । बाँकी २ मध्ये एक सीटमा मधेसवादी दलका नेता मोहम्मद इस्लामलाई छाडेर एमाले एक सीटमा लड्न सक्ने सम्भावना छ । सिरहामा माओवादीले ३ सीट दाबी गरेको छ । भने एमालेले दुई/दुई सीट बाँड्ने प्रस्ताव राखेको छ । धनुषामा एमाले र माओवादीले दुई/दुई सीट बाँड्ने तयारी गरेका छन् भने महोत्तरीमा माओवादीले ३ र एमालेले १ सिट पाउने सम्भावना छ ।
सर्लाही, रौतहट, बारा र पर्सामा दुई/दुई सीट बाँड्ने अनौपचारिक सहमति भएको छ । यद्यपि माओवादीले रौतहटमा पनि तीन सीट दाबी गरेको छ । यहाँ स्थानीय तहको चुनावमा एमाले पराजित भएको थियो । प्रदेश २ मा माओवादीले १७ सीट पाउने सम्भावना छ । एमालेले आफ्नो कोटाबाट राजपाका अर्का नेतालाई सूर्य चिन्हबाट लडाउने गरी १४ सिटमात्रै लिने तयारी गरेको छ ।
प्रदेश ३ माः
प्रदेश ३ का ३३ निर्वाचन क्षेत्रमध्ये माओवादीले १२ सीट दाबी गरेको छ, जसमा सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, धादिङ, चितवन, काभ्रे र ललितपुरमा माओवादीले एक/एक सिट पाउनेछन् । त्यस्तै रामेछापमा पनि प्रतिनिधिसभाको सिट माओवादीले पाउने भएको छ ।
काठमाडौंमा माओवादीले खासै धेरै सीटमा रुची देखाएको छैन । उसले बढीमा ३ सीटसम्म पाउन सक्ने सम्भावना रहेको छ । दोलखा, भक्तपुर र रसुवामा माओवादीले प्रतिनिधिसभामा दाबी गरेको छैन । प्रदेश ३ मा माओवादीले १२ सीट पाउने सम्भावना छ ।
प्रदेश ४ः
प्रदेश ४ मा प्रतिनिधिसभाका १६ सिटमध्ये माओवादीले ७ सिट दावी गरेको छ । तर, स्थानीय तहको चुनावको परिणाम र सांगठनिक अवस्था हेर्दा माओवादीलाई बढीमा ४ सिट भन्दा छाड्न नसकिने निष्कर्षमा एमाले नेताहरु छन् । माओवादीले गोरखाका दुबै सीट दाबी गरेको छ ।
नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पनि गोरखाबाटै चुनाव लड्ने तयारीमा छन् । अहिले यो सबैभन्दा पेचिलो विषय बनेको छ कार्यदलमा । माओवादी कायकर्ताहरु सूर्य चिन्ह लिएर उम्मेदवार बन्न लागेका बाबुरामप्रति असाध्यै नकारात्मक देखिएका छन् । माओवादीलाई गोरखा, तनहँ र बाग्लुङमा एक/एक सीट दिन एमाले सहमत भएको छ ।
माओवादी नेता देव गुरुङले इच्छा व्यक्त गरेकाले एमालेका पृथ्वीसुब्बा गुरुङ सहमत भएमा माओवादीले लमजुङ पाउनेछ । कास्की र स्याङ्जामा भने माओवादीको जित्न सक्ने मत नभएकाले त्यहाँ दावी नगरेको एमाले नेता बताउँछन् । यद्यपि देव गुरुङले कास्की १ बाट चुनाव लड्ने रुची देखाएका छन् ।
मनाङ र मुस्ताङमा माओवादीको उपस्थिति कमजोर रहेकाले उसले म्याग्दीको प्रतिनिधिसभाको सीट दावी गरेको छ । सम्भवतः माओवादीले गोरखा, तनहुँ, लमजुङ, बाग्लुङ र म्याग्दी समेत गरी ५ सीट पाउने एमाले नेता बताउँछन् ।
प्रदेश ५ः
प्रतिनिधिसभामा २६ सीट रहेको प्रदेश नम्बर ५ मा माओवादी र एमालेमात्र होइन, राजापाका विद्रोही नेतालाई पनि सीट बाँडफाँड गरिँदैछ, जसमा हृदयेश त्रिपाठी नेतृत्वका चार राजपा नेताले चार सीट पाउनेछन् । उनीहरु सूर्य चिन्हबाट लड्ने निश्चित भइसकेको छ । बाँकी रहेका २२ सिटमध्ये माओवादीले नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ र बर्दियामा एक/एक सीट पाउने एमाले नेता बताउँछन् ।
त्यस्तै अर्घाखाँची, रोल्पा र रुकुमका तीनै सीट माओवादीले पाउने सम्भावना छ । प्युठानमा मसाललाई छाड्ने वा वामदेव गौतम लडेको खण्डमा एमालेले पाउने भन्ने टुंगो छैन । त्यहाँ माओवादीले पनि मणि थापाका लागि दाबी पेश गरेको छ । प्रदेश नम्बर ५ मा माओवादी र राजपाका विद्रोही नेताले लिएर बाँकी रहेका १४ वा १५ सीटमा एमाले लड्ने जनाईएको छ ।
प्रदेश ६ः
स्थानीय तहको मत परिणामका आधारमा एमालेभन्दा केही मतले मात्रै पछि परेको माओवादीले प्रदेश ६ मा आधा अर्थात ५० प्रतिशत सिट दाबी गरेको छ । प्रदेश ६ का १२ सीटमध्ये माओवादीले सल्यान, रुकुम, जाजरकोट, कालिकोट र जुम्ला पाउनेछन् ।
माओवादी तर्फबाट हुम्ला र सुर्खेतको २ नम्बर क्षेत्र पनि दावी पेश भएको छ । यीमध्ये दुवै सिट माओवादीले पाएमा एमालेले १२ मध्ये ५ सिटमा मात्रै प्रतिनिधिसभा सदस्य उम्मेदवार उठाउनेछ । तर, उसले सुर्खेतका दुवै सीटमा दाबी गरेको छ ।
प्रदेश ७ः
प्रदेश ७ मा प्रतिनिधिसभा १६ सीटमध्ये एमाले र माओवादीबीच कतिकति बाँड्ने भन्ने बारेमा कार्यदलमा छलफल भइसकेको छैन । माओवादीले कैलालीमा ५ मध्ये २ र कञ्चनपुरमा ३ मध्ये एक सिट पाउने अनौपचारिक सहमति भएको छ । त्यस्तै वैतडी, दार्चुला र डडेल्धुराका तीन सीटमध्ये माओवादीले एउटा र एमालेले दुई सिट पाउने सम्भावना छ ।
डोटी, बझाङ र बाजुरा एमालेले दाबी गरेको छ । अछाममा एक/एक सीट बाँड्ने सम्भावना रहेको छ । यस हिसावले माओवादीले ७ नम्बर प्रदेशका १६ मध्ये ५ सिट पाउनेछ । तर, माओवादी पक्षबाट भने १६ मध्ये कम्तिमा ६ सीट दावी पेश भएको छ ।
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...











