आ-आफ्नो स्वार्थको लागि विदेशीको नेपालमाथि नजरः चुनाव सार्न अमेरिका र भारतको दवाव
काठमाडौं, २७ असोज । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सार्नको लागि विदेशी शक्ति सक्रिय भएर लागेको पाईएको छ । चुनाव रोक्न विशेषगरी भारत तथा अमेरिका सक्रिय भएर लागिरहेका हुन् । उनीहरुले आफ्नो राजदूत मार्फत नेपालको चुनाव तोकिएकै मितिमा सम्पन्न नगर्न नगराउन दबाब दिईरहेका नेताहरुले बताएका छन् ।
चुनावको मुखमा तीन प्रमुख दलले बामगठबन्धन बनाएपछि उत्पन्न राजनीतिक परिस्थितिमाथि चलखेल गर्न विदेशीहरु निकै सक्रिय भएका हुन् । अहिले दुई छिमेकी देश भारत र चीन तथा अमेरिकाको नेपालस्थित दूतावासले अहिले निकै सक्रियता बढाएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमले आसन्न निर्वाचन प्रभावित हुन्छ कि भन्ने चिनियाँ चासो देखिएको छ भने भारत र अमेरिका चुनाव सार्ने लविङमा लागेका छन् । निर्वाचनका लागि बन्दसूचि पेश गर्ने समय असोज २९ को लागि तोकिएको छ । त्यसकारण अबका दुई दिन शक्ति केन्द्रहरुमा चलखेल थप बढ्ने सम्भावना छ ।
अमेरिकी र भारतीय अधिकारीहरुले जस जसलाई भेटेका छन्, उनीहरुका अनुसार ती दुई देश बामगठबन्धनप्रति असन्तुष्ट छन् र मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको चुनाव सार्ने पक्षमा छन् । विभिन्न स्रोतहरुबाट यस्ता भरपर्दा सूचनाहरु प्राप्त भएका छन्, यदि राजनीति त्यहीँ दिशातर्फ गयो भने चुनाव भाँडिन सक्छ ।
भारत र अमेरिकाको नेपालस्थित नियोगले प्रधानमन्त्री शेरबहादुर देउवामाथि चुनाव सार्न दवाव दिईरहेको स्रोतको भनाई छ । काँग्रेस निकट स्रोतका अनुसार भारतीय र अमेरिकी राजदूतले विभिन्न च्यानल मार्फत अहिलेको अबस्थामा चुनाव गरे त्यो लोकतन्त्र र काँग्रेसको भविष्यको लागि सुखद नहुँने भन्दै चुनाव सार्न दवाब दिएका हुन् ।
कतिपयले प्रधानमन्त्रीलाई असंवैधानिक कदम चालेर भएपनि चुनाव सार्ने वातवरण बनाउन सुझाव दिएको काँग्रेस निकट उच्चस्रोतको भनाई छ । बामगठबन्धन चिनियाँ निकट रहेको भन्दै अमेरिका र भारत असन्तुष्ट देखिएका छन् । भारतीय राजदूत पुरीले आइतवार प्रचण्डसँगको भेटमा गठबन्धनप्रति असन्तुष्टि जनाएको स्रोतको भनाई छ ।
भारत र अमेरिकारले नेपालको भूमिमार्फत तिब्वतमा अस्थिरता निम्ताउन खोजेको चिनियाँ भनाइ आएको छ । नेपालमा स्थिर सरकार भए तिब्बत मामलामा भारत र अमेरिकी चलखेल घटाउन सकिने चिनियाँ बुझाई छ । भने भारत र अमेरिकाको बुझाई पनि तिब्बतमाथि नजर लगाउन नेपाली भूमि सवैभन्दा उत्तम छ भन्ने छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












