भारतको बदमासीका कारण नेपाल प्रहरीको टोपीमा ‘मेरा भारत महान’
काठमाडौं, २७ असोज । नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने संकेत छ भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ। सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि यसलाई पत्याउनै पर्छ। कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा (तिरंगा), मेरो भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हामारा’ लेखिएका थुप्रै संकेत छन्। ती संकेत टोपीको भित्रपट्टि राखिएका छन्।
अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ। आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्ता टोपी सुरक्षाकर्मीले वर्षैंदेखि प्रयोग गर्दै आएका छन्। उनीहरूलाई यसबारेमा जानकारी नभएर हो वा संगठनकै लापरवाहीले हो सुरक्षाकर्मीको स्वाभिमान गिराउने काम भएको छ।
संगठनको तल्लो तहका जवान मात्रै नभई अधिकृतले लगाउने टोपीमा समेत यस्ता चिह्न, नारा भेटिएको आजको नागरिक दैनिकमा खबर छ । एक प्रहरीले लगाएको टोपीमा भारतीय झण्डा र नारा लेखिएका स्टीकर पाइएको छ। पुरानो भएकाले भारतीय झण्डा भने स्पष्ट देखिँदैन। उनले लामो समयदेखि सो टोपी लगाउँदै आएको बताए।
केही समयअघि अर्का एक प्रहरी निरीक्षकको टोपीमा समेत यस्तै संकेत भेटिएको थिया। उनको टोपीको एकतार्फ ‘मेरा भारत महान’ लेखएको र अर्कोतर्फ भारतको राष्ट्रिय झण्डा भेटिएको थियो।
यस्तो स्टिकर भेटिएपछि उनले तत्काल च्यातेर फालेका थिए। प्रहरी संगठनले मातहतका सुरक्षाकर्मीका लागि टेण्डरमार्फत टोपीलगायत पोशाक खरिद गर्दै आएको छ। प्रहरीको पोशाक भारतीय कम्पनीले उत्पादन गरेको मध्येबाट भित्रिने गरेको स्रोतले जनाएको छ। भारतीय कम्पनीले जानाजान यस्तो बदमासी गरेको स्रोतको दाबी छ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












