संसद विघटन हुँदै गर्दा आफ्नो अस्तित्व जोगाउन साना दल ठूला दलमा विलय हुँदै
काठमाडौं, २७ असोज । राजनीतिलाई फोहोरी खेल पनि भनिन्छ । त्यसमा पनि नेपाल र नेपालीले गर्ने राजनीतिलाई त झ्नै त्यो भन्दा तल्लो स्तरको शब्दले उच्चारण गर्दा पनि कम हुन्छ । सत्तामा पुग्न र आफ्नो अस्तित्व जोगाउन ताल परेमा आफ्नो श्रीमती, छोरा छोरी, बाबु आमालाई बेच्ने गरिन्छ राजनीतिमा । नेपाली राजनीतिलाई नियाल्दा सत्तामा पुग्नको लागि हानथाप गर्नेको कमी छैन् । त्यसमा पनि चुनाव आउनेबेला यो कुराले बढी प्राथमिकता पाउँछ ।
आफु सत्ता पुग्न र आफ्नो अस्तित्व जोगाउन आफ्नो सिद्धान्त, नीति नमिल्ने पार्टी तथा नेताहरुसँग हात मिलाउन पछि पर्दैनन् । हो अहिले फेरी त्यही समय आएको छ । शनिबार मध्यरातिदेखि व्यवस्थापिका संसदको म्याद सकिदैंछ । सांसदहरु भूपु हुँदैछन् । अब फेरि अर्को चुनावमा जितेर सत्तामा रजाई गर्ने योजना बनाउँदैछन्, नेताहरु। त्यसैको तयारी स्वरुप व्यवस्थापिका संसद विघटन हुनै लाग्दा साना दलहरु ठूला दलमा विलय हुने क्रम बढिरहेको छ । कतिपय दलका सांसदहरु पदावधि सकिनै लागेपछि राजनीतिक भविष्य सुरक्षित गर्न ठूला दलमा प्रवेश गर्न थालेका छन् ।
थ्रेसहोल्डका कारण अब साना दलहरुको अस्थित्व समाप्त हुने भएकाले चुनावअघि नै ठूला दलमा मर्ज हुन साना दलहरु अग्रसर भएका हुन् । अखण्ड नेपाल पार्टी, खम्बुवान र नेपाःराष्ट्रिय पार्टी बाहेक अरु एक वा दुईजना सांसद भएका अधिकांश पार्टीहरु एमाले, माओवादी र फोरम लोकतात्रिकमा विलय भएका छन् ।
पछिल्लो पटक ४ सिट रहेको नेकपा संयुक्त माओवादी केन्द्रमा विलय भएको छ । त्यस्तै दुई सिट रहेको नेपाल परिवार दल र एक सिट रहेको मधेश समता पार्टी एमालेमा विलय भएका छन् । संसदमा एक सिट रहेको नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले पनि एमालेलाई साथ दिएका छन् । तर, उनको पार्टी भने एमाले प्रवेशको विपक्षमा रहेको छ ।
अर्को मधेस केन्द्रित दल दलित जनजाति पार्टी पनि एमालेमा विलय हुने तयारीमा छ । सो पार्टीका अध्यक्ष तथा सांसद विश्वेन्द्र पासवानले आफू एमालेबाट चुनाव लड्ने तयारीमा रहेका छन् । एकरएक सिट रहेका समाजवादी जनता दल र लोकदल माओवादीको चुनाव चिन्हबाट आगामी चुनावमा भाग लिने निर्णयमा पुगिसकेको जनता दलका नेता प्रेमवहादुर सिंहले बताए ।
यसअघि नै जनमुक्ति पार्टी लोकतान्त्रिकका दुई सांसद शिवलाल थापा र सीमा विश्वकर्मा विजयगच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा बिलय भइसकेका छन् । सांसद यशोदा लामाले पनि आफ्नो पार्टी फोरम लोकतान्त्रिकमा विलय गराइसकेकी छन् । थरुहट नेता गोपाल दहित पनि विजय गच्छदारको पार्टीमा लागिसकेका छन् ।
फोरम लोकतान्त्रिक आफैं पनि कांग्रेसमा समावेश हुने चर्चा चलिरहेको छ । मधेस केन्द्रित दलहरुमध्ये ६ वटा दल मिलेर राजपा बनिसकेको र मधेस समता पार्टी तथा दलित जनजाति पार्टी एमालेमा विलय भएपछि अब मधेसवादी पार्टीको संख्या घटेको छ ।
राजपाबाट विद्रोह गरेका हृदयेश त्रिपाठी र बृजेशकुमार गुप्ताले एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने भएका छन् । मधेसमा अब राजपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकको मात्र क्षेत्रीय पार्टीका रुपमा अस्तित्व देखिएको छ । थारुका पार्टीमध्ये गंगा चौधरी सतगौवा सांसद रहेको संघीय थरुहट पार्टी नयाँ शक्तिमा विलय भइसकेको छ ।
अब रुक्मिणी चौधरी सांसद रहेको थरुहट पार्टीले निर्णय गर्न बाँकी छ । अहिलेसम्म कुनै पनि दलमा बिलय भइनसकेका एक सिटे दलमा रामकुमार राई सांसद रहेको खम्बुवान पार्टीले नेपा पार्टीको चुनाव चिन्ह खड्ग लिएर आदिवासी जनजातिहरुको पार्टी बनाउने पहल थालेको छ ।
रिजवान अन्सारीले नेतृत्व गरेको मधेसी फोरमले सांसद हरिचरण शाह नेतृत्वको नेपाली जनता दलको चिन्हबाट हालै स्थानीय चुनाव लड्दा पर्सामा एक नगरपालिका र एक गाउँपालिका जितेको छ । अब आफ्नै चिन्हमा चुनाव लड्ने कि अरु दलसँग मर्ज हुने भन्ने बारे उसले निर्णय गरिनसकेको जनाएको छ ।
संसदमा रहेका साना बामपन्थी दलमध्ये अब नेकपा माले, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी बाँकी छन् । राजमो र नेमकिपाले आफ्नै अस्थित्वमा चुनाव लड्न चाहेका छन् भने मालेले कुनै निर्णय गर्न सकेको छैन ।
संसदमा ५ सिट रहेका नेकपा मालेका एक सांसद कांग्रेस र अर्का माओवादीमा प्रवेश गरिसकेका छन् । अधिकांश नेताहरु यसअघि नै एमालेमा प्रवेश गरिसकेकाले सीपी मैनाली संकटमा छन् । थ्रेसहोल्डका कारण यसपाली साना पार्टीहरुलाई के त राजनीतिबाट सन्यास लिनुपर्ने के त ठूला पार्टीमा विलय हुनुपर्ने बाध्यता बनाईदिएको छ । जसले गर्दा पनि ठूला दलमा विलयको क्रम बढेको हो ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












