संसद विघटन हुँदै गर्दा आफ्नो अस्तित्व जोगाउन साना दल ठूला दलमा विलय हुँदै
काठमाडौं, २७ असोज । राजनीतिलाई फोहोरी खेल पनि भनिन्छ । त्यसमा पनि नेपाल र नेपालीले गर्ने राजनीतिलाई त झ्नै त्यो भन्दा तल्लो स्तरको शब्दले उच्चारण गर्दा पनि कम हुन्छ । सत्तामा पुग्न र आफ्नो अस्तित्व जोगाउन ताल परेमा आफ्नो श्रीमती, छोरा छोरी, बाबु आमालाई बेच्ने गरिन्छ राजनीतिमा । नेपाली राजनीतिलाई नियाल्दा सत्तामा पुग्नको लागि हानथाप गर्नेको कमी छैन् । त्यसमा पनि चुनाव आउनेबेला यो कुराले बढी प्राथमिकता पाउँछ ।
आफु सत्ता पुग्न र आफ्नो अस्तित्व जोगाउन आफ्नो सिद्धान्त, नीति नमिल्ने पार्टी तथा नेताहरुसँग हात मिलाउन पछि पर्दैनन् । हो अहिले फेरी त्यही समय आएको छ । शनिबार मध्यरातिदेखि व्यवस्थापिका संसदको म्याद सकिदैंछ । सांसदहरु भूपु हुँदैछन् । अब फेरि अर्को चुनावमा जितेर सत्तामा रजाई गर्ने योजना बनाउँदैछन्, नेताहरु। त्यसैको तयारी स्वरुप व्यवस्थापिका संसद विघटन हुनै लाग्दा साना दलहरु ठूला दलमा विलय हुने क्रम बढिरहेको छ । कतिपय दलका सांसदहरु पदावधि सकिनै लागेपछि राजनीतिक भविष्य सुरक्षित गर्न ठूला दलमा प्रवेश गर्न थालेका छन् ।
थ्रेसहोल्डका कारण अब साना दलहरुको अस्थित्व समाप्त हुने भएकाले चुनावअघि नै ठूला दलमा मर्ज हुन साना दलहरु अग्रसर भएका हुन् । अखण्ड नेपाल पार्टी, खम्बुवान र नेपाःराष्ट्रिय पार्टी बाहेक अरु एक वा दुईजना सांसद भएका अधिकांश पार्टीहरु एमाले, माओवादी र फोरम लोकतात्रिकमा विलय भएका छन् ।
पछिल्लो पटक ४ सिट रहेको नेकपा संयुक्त माओवादी केन्द्रमा विलय भएको छ । त्यस्तै दुई सिट रहेको नेपाल परिवार दल र एक सिट रहेको मधेश समता पार्टी एमालेमा विलय भएका छन् । संसदमा एक सिट रहेको नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले पनि एमालेलाई साथ दिएका छन् । तर, उनको पार्टी भने एमाले प्रवेशको विपक्षमा रहेको छ ।
अर्को मधेस केन्द्रित दल दलित जनजाति पार्टी पनि एमालेमा विलय हुने तयारीमा छ । सो पार्टीका अध्यक्ष तथा सांसद विश्वेन्द्र पासवानले आफू एमालेबाट चुनाव लड्ने तयारीमा रहेका छन् । एकरएक सिट रहेका समाजवादी जनता दल र लोकदल माओवादीको चुनाव चिन्हबाट आगामी चुनावमा भाग लिने निर्णयमा पुगिसकेको जनता दलका नेता प्रेमवहादुर सिंहले बताए ।
यसअघि नै जनमुक्ति पार्टी लोकतान्त्रिकका दुई सांसद शिवलाल थापा र सीमा विश्वकर्मा विजयगच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा बिलय भइसकेका छन् । सांसद यशोदा लामाले पनि आफ्नो पार्टी फोरम लोकतान्त्रिकमा विलय गराइसकेकी छन् । थरुहट नेता गोपाल दहित पनि विजय गच्छदारको पार्टीमा लागिसकेका छन् ।
फोरम लोकतान्त्रिक आफैं पनि कांग्रेसमा समावेश हुने चर्चा चलिरहेको छ । मधेस केन्द्रित दलहरुमध्ये ६ वटा दल मिलेर राजपा बनिसकेको र मधेस समता पार्टी तथा दलित जनजाति पार्टी एमालेमा विलय भएपछि अब मधेसवादी पार्टीको संख्या घटेको छ ।
राजपाबाट विद्रोह गरेका हृदयेश त्रिपाठी र बृजेशकुमार गुप्ताले एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने भएका छन् । मधेसमा अब राजपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकको मात्र क्षेत्रीय पार्टीका रुपमा अस्तित्व देखिएको छ । थारुका पार्टीमध्ये गंगा चौधरी सतगौवा सांसद रहेको संघीय थरुहट पार्टी नयाँ शक्तिमा विलय भइसकेको छ ।
अब रुक्मिणी चौधरी सांसद रहेको थरुहट पार्टीले निर्णय गर्न बाँकी छ । अहिलेसम्म कुनै पनि दलमा बिलय भइनसकेका एक सिटे दलमा रामकुमार राई सांसद रहेको खम्बुवान पार्टीले नेपा पार्टीको चुनाव चिन्ह खड्ग लिएर आदिवासी जनजातिहरुको पार्टी बनाउने पहल थालेको छ ।
रिजवान अन्सारीले नेतृत्व गरेको मधेसी फोरमले सांसद हरिचरण शाह नेतृत्वको नेपाली जनता दलको चिन्हबाट हालै स्थानीय चुनाव लड्दा पर्सामा एक नगरपालिका र एक गाउँपालिका जितेको छ । अब आफ्नै चिन्हमा चुनाव लड्ने कि अरु दलसँग मर्ज हुने भन्ने बारे उसले निर्णय गरिनसकेको जनाएको छ ।
संसदमा रहेका साना बामपन्थी दलमध्ये अब नेकपा माले, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी बाँकी छन् । राजमो र नेमकिपाले आफ्नै अस्थित्वमा चुनाव लड्न चाहेका छन् भने मालेले कुनै निर्णय गर्न सकेको छैन ।
संसदमा ५ सिट रहेका नेकपा मालेका एक सांसद कांग्रेस र अर्का माओवादीमा प्रवेश गरिसकेका छन् । अधिकांश नेताहरु यसअघि नै एमालेमा प्रवेश गरिसकेकाले सीपी मैनाली संकटमा छन् । थ्रेसहोल्डका कारण यसपाली साना पार्टीहरुलाई के त राजनीतिबाट सन्यास लिनुपर्ने के त ठूला पार्टीमा विलय हुनुपर्ने बाध्यता बनाईदिएको छ । जसले गर्दा पनि ठूला दलमा विलयको क्रम बढेको हो ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












