समानुपातिक उम्मेदवारको बन्द सूची पेश आज
काठमाडौं, २९ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारहरुको बन्द सूची दलहरुले आज निर्वाचन आयोगमा बुझाउँदैछन् । राजनीतिक दलहरुले बुझाउने बन्द सूचीमा ५० प्रतिशत महिला अनिवार्य गरिएको छ ।
प्रतिनिधिसभाका ११० र प्रदेश सभाका २२० पदका लागि दलहरुले उम्मेदवारहरुको बन्द सूची पेश गर्नुपर्नेछ । दुवै सभामा ३३ प्रतिशत महिला निर्वाचित अनिवार्य भएकाले प्रत्यक्षतर्फ कम महिला निर्वाचित हुने कारण समानुपातिकमा ५० प्रतिशत अनिवार्य गरिएको हो ।
प्रत्यक्ष निर्वाचित भएर आउने महिलाबाहेक अरु सबै समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्नेछ । प्रमुख दलहरुले आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु र दलितलगायत सबै ‘क्लस्टर’बाट महिला उम्मेदवारलाई बढी प्राथमिकता दिएका छन् ।
समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको केन्द्रीय कार्यालयमै बुझाउने व्यवस्था गरिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । उनले केन्द्र र प्रदेशका लागि अलगअलग स्थानको व्यवस्था गरिएको जानकारी दिए । समानुपातिक निर्वाचनका लागि ८८ दलले आयोगका निर्वाचन चिह्न प्राप्त गरेका छन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












