वाम गठबन्धनबाट बाहिरएका बाबुरामलाई गोरखामा कांग्रेसले सघाउने, बदलामा बाबुरामले के दिए ?
काठमाडौं, २९ असोज । गोरखामा नेपाली काँग्रेस र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेल हुने भएको छ । वाम गठबन्धनबाट बाहिरिएको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र नेपाली कांग्रेसबीच गोरखामा चुनावी तालमेल गर्ने सहमति भएको हो ।
शनिबार बालुवाटारमा भएको सहमतिअनुसार गोरखा २ नम्बर क्षेत्रबाट कांग्रेसले बाबुराम भट्टराईलाई सहयोग गर्नेछ भने १ नम्बर क्षेत्रमा नयाँ शक्तिले कांग्रेसलाई सहयोग गर्नेछ । गोरखामा प्रदेश सभामा पनि दुई पार्टीबीच तालमेल हुने सहमति भएको कांग्रेस नेता चिनकाजी श्रेष्ठले जानकारी दिए । ‘गोरखा–२ को एउटा प्रदेशसभा सदस्यमा कांग्रेस उठ्ने सहमति भएको छ भने गोरखा –१ का दुबै प्रदेश सभा सदस्यमा नयाँशक्तिले कांग्रेसलाई सघाउने छ’, श्रेष्ठले भने।
गोरखा –१ बाट श्रेष्ठ केन्द्रीय संसदका लागि आफैं चुनाव लड्दै छन् । गोरखाबाट प्रतिनिधि तथा प्रदेशसभामा टिकटका आकांक्षी कतिपय नेताले भने यो तालमेलप्रति असन्तुष्टि जनाएका छन्। ‘वाम गठबन्धनमा सहभागी भएका भट्टराईलाई माओवादी र एमालेले गोरखाबाट टिकट दिन नमानेपछि उनी गठबन्धनबाट बाहिरिएका थिए।
भट्टराई दुबै संविधानसभामा निर्वार्चित भएको गोरखा– २ बाट यसपालि माओवादी–एमाले गठबन्धनको उम्मेदवारका रुपमा नारायणकाजी श्रेष्ठ उठ्ने भएका छन्। वाम गठबन्धनले नारायणकाजीलाई उठाएपछि भट्टराईलाई नउठ्न दबाब दिँदै आएका थिए । अन्ततः भट्टराई गठबन्धनबाट बाहिरिर काँग्रेसको शरणमा पुगेका हुन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












