काँग्रेस फोरमबीचको एकता सभामा यसरी रोए विजय गच्छदार
काठमाडौं, ३० असोज । काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीचको एकता सभामा विजय कुमार गच्छादार भक्कानिएर रोएका छन् । १० वर्षपछि आफ्नै माउँ पार्टीमा फर्किका गच्छादार भक्कानिएर रोएका हुन् । प्रधामन्त्री निवास बालुवाटारमा सोमबार आयोजित एकता सभामा उपस्थित प्रधामन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेताहरु पनि निकै भावुक भए ।
एकता सभामा प्रधानमन्त्री शेरबहादुर देउवा र गच्छदारले एकताको दस्तावेज सार्वजनिक गरे। अनि दुबै नेताले हात मिलाए। त्यतिञ्जेल गच्छदार भावुक भइसकेका थिए। एकछिन पछि त उनका आँखामा आँशु टिलपिलाए। उनले आँशू थाम्न सकेनन्। कांग्रेसबाट राजनीति सुरु गरेका गच्छदार १० वर्ष अघि संविधान सभा पहिलो निर्वाचन हुनुभन्दा पहिला कांग्रेस छोडेर गएका थिए।
आजको एकता सभामा उनी त्यही क्षण सम्झेर रुन पुगेका हुन् । ‘१० वर्ष म मधेसी जनताको आन्दोलनलाई साथ दिन गएको थिएँ,’ गच्छदारले भने, ‘त्यो दिन बालुवाटारमा गिरिजा र सुशील (कोइराला) दाजुहरु हुनुहुन्थ्यो, उहाँहरुले रोक्न खोज्दाखोज्दै पनि म गएको थिएँ, त्यतिबेला पनि म भावुक भएको थिएँ।’
उनले आफूलाई मधेसको गद्दार र कांग्रेसको पुच्छर भने पनि संविधान निर्माण र कार्यान्वयन गर्न सकेकोमा खुसी लागेको बताए। मैले रगत बगाएको पार्टीमा मेरो फोरमलाई सामेल गराएको छु मलाई विरोध गर्नेको परवाह छैन’, उनले भने।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












