राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल निर्वाचित
वाशिङ्टन डिसी, ३१ असोज । संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषदमा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषदमा कूल ४७ देशका प्रतिनिधि रहनेछन् । सोमबार भएको निर्वाचनमा नेपाललगायत १५ नयाँ देशले उक्त परिषदमा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । एशिया–प्रशान्त क्षेत्रको चार खाली सदस्यमा भएको निर्वाचनमा नेपालसहित पाकिस्तान, कतार र अफगानिस्तान निर्वाचित भएका छन् ।
एशिया प्रशान्त क्षेत्रको चार सिटमध्ये एकमा नेपाल निर्वाचित भएको हो । नेपाल परिषदमा निर्वाचित भएपछि न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका प्रतिनिधि दुर्गा भट्टराईले नेपालले अन्तर्राष्ट्रियस्तरमा मानव अधिकारको क्षेत्रमा प्रतिबद्धता जनाएअनुसारको काम गरेकाले निर्वाचित हुन सफल भएको प्रतिक्रिया दिए ।
यसले नेपालको छवि अन्तर्राष्ट्रिय मञ्चमा बढाउन प्रेरक भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संघको ७२औँ महासभालाई सम्बोधन गर्ने क्रममा उक्त परिषदमा नेपालको पनि प्रतिनिधित्व गराउन प्रस्ताव गरेका थिए ।
संयुक्त राष्ट्रसंघको विश्वभर मानव अधिकार रक्षा र प्रवद्र्धनका लागि स्थापित उच्चस्तरीय अन्तरसरकारी संयन्त्रका रूपमा उक्त परिषद्ले काम गर्ने गर्छ । नेपाललगायतका देशले आगामी जनवरी १, २०१८ देखि उक्त परिषद्को जिम्मेवारी जेनेभास्थित कार्यालयबाट वहन गर्ने भएका छन् । नेपालले गत अगष्टमा न्यूयोर्कस्थित स्थायी नियोगबाट उम्मेदवारी दिएको थियो । रासस
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












