माओवादी सरकारबाट बाहिरिँदा कमल थापा फाईदामा, भन्छन्, ‘गृहमन्त्रीको कुर्सी चाहियो’
काठमाडौं, ३१ असोज । माओवादी केन्द्र वर्तमान शेरबहादुर देउवा सरकारबाट बाहिरिएको छ । एमालेसँग चुनावी तालमेल गर्न वाम गठबन्धन बनाएको माओवादी केन्द्रले सरकारसँग आफ्नोबारे आधिकारिक जवाफ मागेको थियो । मंगलबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा देउवाले माओवादी सरकारमा बस्नुको कुनै औचित्य नहुने बताएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।
माओवादी सरकारबाट बाहिरिँदा यसको फाईदा राप्रपा अध्यक्ष कमला थापालाई देखिएको छ । थापाले अब गृहमन्त्रीको दाबी गरिरहेका छन् । यसअघि माओवादी केन्द्रका नेता जनार्दन शर्माले गृहमन्त्रालय सम्हालिरहेका थिए ।
शनिबार उपप्रधानमन्त्री तथा बिना विभागीय मन्त्रीका रुपमा समथ लिएका थापाले आज माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै गृहमन्त्रीको दाबी गरेका हुन्। ‘माओवादीले सम्हालेका मन्त्रालयहरुबाटै जिम्मेवारी लिने कुरा भएको छ,’ थापासँगै बिना विभागीय मन्त्रीको सपथ लिएका दिलनाथ गिरीले भने, ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति र हाम्रो पार्टी अध्यक्ष बसेर छिट्टै मन्त्रालयको जिम्मेवारी टुंगो लगाउनुहुन्छ।’
माओवादी सरकारबाट बाहिरिएसँगै गृह, परराष्ट्र, ऊर्जा, सहरी विकास, स्वास्थ्य, आपूर्ति लगायतका मन्त्रालय खाली हुनेछन्। प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीमुक्त गरी बिना विभागीय मन्त्री बनाउने तयारी थालेपछि माओवादी सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो। अब यसको सबैभन्दा बढी फाईदा राप्रपा अध्यक्ष थापाले लिने देखिएको छ । उनले देउवालाई घुर्की लगाउँदै गृहमन्त्री पाउनुपर्ने माग गर्नेछन् ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












