आयोगबाट गोप्य सूचना आएपछि माओवादी सरकारबाट बाहिरिने निर्णयबाट ‘ब्याक’ हट्यो
काठमाडौं, ३१ असोज । माओवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने भएको छ । वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि माओवादी केन्द्र तत्काल सरकारबाट फिर्ता नहुने भएको हो । निर्वाचन आयोगबाट आएको गोप्य सूचनाको आधारमा आजै सरकारबाट बाहिरिने बताईरहेको माओवादी आफ्नो निर्णयबाट ब्याक हटेको हो । गृहमन्त्री जनार्दन शर्माले सरकारबाट बाहिरिने माओवादीको तयारी तत्काल कार्यान्वयनमा नआउने बताएका छन्।
सरकारले निर्वाचन सार्ने तयारी गरेको आरोप लगाउँदै शर्माले माओवादी तत्काल सरकार नबाहिरिने बताएका हुन् । ‘निर्वाचन सार्न सरकारले प्रपन्च गरिरहेको जानकारी हामीले निर्वाचन आयोगबाट थाहा पायौं,’ गृहमन्त्री शर्माले भने, ‘सरकारबाट बाहिरिनेबारे पार्टी अध्यक्ष पुष्पकमल दाहालले ड्राफ्ट तयार पारेर छलफल गरिरहँदा आयोगबाट यस्तो सूचना आएको हो।’
आवश्यकताअनुसार सरकारबाट हट्न सक्ने सम्भावना भने यथावत रहने उनले बताए। माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग हात मिलाएर वाम एकता तथा चुनावी तालमेल गर्ने सहमती गरेपछि सत्तागठबन्धनमा खटबट सुरु भएको हो ।
प्रधानमन्त्री देउवाले सरकारमा बस्नुको कुनै अर्थ नभएको भन्दै तत्काल सरकारबाट बाहिरिन वा विनाविभागीय मन्त्रालयको जिम्मेवारी सम्हाल्न तयारीमा बस्न माओवादीलाई भनेका थिए । देउवाको त्यसको भनाईपछि सरकारबाट आजै बाहिरिने बताएको माओवादी अन्ततः ब्याक हटेको हो । माओवादी तत्काल सरकारबाट नहट्ने बरु विना विभागीयमै भएपनि सरकारमै बस्ने निर्णयमा पुगेको हो ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












