सरुवा गर्दा पनि कञ्चनपुर छाड्न नमानेका एसपी प्रकाश चन्द अदालत किन गए ?
कञ्चनपुर, ३१ असोज । कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश चन्द आफ्नै संगठनको निर्णयविरुद्ध अदालतमा मुद्धा हालेका छन् । कञ्चनपुरमा शान्ति सुरक्षा दिन नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले गरेको सरुवा निर्णयविरुद्ध एसपी चन्दले उच्च अदालत दिपायलमा रिट निवेदन दायर गरेका हुन् ।
चन्द कञ्चनपुर प्रहरी प्रमुख भएर गएपछि पटक पटक विभिन्न विवादमा मुछिएको तथा हत्या घटनामा बढोत्तरी भएको भन्दै गत साता प्रहरी मुख्यालयले सरुवा गरिएको थियो । तर आफ्नै माथिल्लो निकायले गरेको निर्णय विरुद्ध अदालत गएर नेपाल प्रहरीको इतिहासमा पहिलो घटना बनाएका छन् । मुख्यालयले उनको ठाउँमा पठाइएका एसपी डिल्लीराज विष्टलाई खटाएको थियो । उनी हाजिर हुन कञ्चनपुर पुगे । तर, चन्दले ठाउँ नछाडेपछि अहिलेसम्म पदभार ग्रहण गर्न पाएका छैनन् ।
प्रहरी मुख्यालयले निर्वाचन आयोगसंग स्वीकृति लिएर विष्टलाई रमाना समेत दिइसकेको बेला एसपी चन्द भने आचारसंहिता विपरित भएको आफ्नो सरुवा रोकिपाऊ भन्दै अदालत पुगेका हुन् । चन्दले प्रहरी मुख्यालय र मानव स्रोत विकास प्रशासन उपशाखा काठमाडौंलाई विपक्षी बनाएका छन् । उनले आफ्नो सरुवा नियम विपरित भएको भन्दै अन्तरिम आदेशको माग समेत गरेका छन् ।
चन्दको निवेदनमा सुनुवाई गर्दै उच्च अदालत दिपायलका न्यायाधीश वीरेन्द्र कुमार कर्णको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि कात्तिक ८ गते बोलाउने निर्णय गर्दै हाललाई रमाना नदिन आदेश दिएको छ ।
एसपी चन्दको कार्यक्षमता कमजोर भएको, आर्थिक रुपमा समेत बिवादमा आएको, युवतीकाण्डमा फसेको, पत्रकार थुनेको भन्दै मुख्यालयले उनको सरुवा गरी आगामी मंसिरमा हुने निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त बनाउने जिम्मासहित एसपी विष्टलाई कञ्चनपुर पठाएको थियो ।
एसपी चन्द अनिवार्य अवकासमा जान ३ महिना मात्रै बाँकी छ । चन्द प्रहरी प्रमुख भएको एक वर्षभन्दा बढीको अवधिमा कञ्चनपुरमा आधा दर्जनभन्दा बढी हत्याका घटना भएका छन् भने शान्ति सुरक्षाको स्थिति पनि खस्किएको छ । साथै अहिलेसम्म कुनै घटनाको अनुसन्धानले ठोस तथ्य भेटाउन समेत सकेको छैन् ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












