सरुवा गर्दा पनि कञ्चनपुर छाड्न नमानेका एसपी प्रकाश चन्द अदालत किन गए ?
कञ्चनपुर, ३१ असोज । कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश चन्द आफ्नै संगठनको निर्णयविरुद्ध अदालतमा मुद्धा हालेका छन् । कञ्चनपुरमा शान्ति सुरक्षा दिन नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले गरेको सरुवा निर्णयविरुद्ध एसपी चन्दले उच्च अदालत दिपायलमा रिट निवेदन दायर गरेका हुन् ।
चन्द कञ्चनपुर प्रहरी प्रमुख भएर गएपछि पटक पटक विभिन्न विवादमा मुछिएको तथा हत्या घटनामा बढोत्तरी भएको भन्दै गत साता प्रहरी मुख्यालयले सरुवा गरिएको थियो । तर आफ्नै माथिल्लो निकायले गरेको निर्णय विरुद्ध अदालत गएर नेपाल प्रहरीको इतिहासमा पहिलो घटना बनाएका छन् । मुख्यालयले उनको ठाउँमा पठाइएका एसपी डिल्लीराज विष्टलाई खटाएको थियो । उनी हाजिर हुन कञ्चनपुर पुगे । तर, चन्दले ठाउँ नछाडेपछि अहिलेसम्म पदभार ग्रहण गर्न पाएका छैनन् ।
प्रहरी मुख्यालयले निर्वाचन आयोगसंग स्वीकृति लिएर विष्टलाई रमाना समेत दिइसकेको बेला एसपी चन्द भने आचारसंहिता विपरित भएको आफ्नो सरुवा रोकिपाऊ भन्दै अदालत पुगेका हुन् । चन्दले प्रहरी मुख्यालय र मानव स्रोत विकास प्रशासन उपशाखा काठमाडौंलाई विपक्षी बनाएका छन् । उनले आफ्नो सरुवा नियम विपरित भएको भन्दै अन्तरिम आदेशको माग समेत गरेका छन् ।
चन्दको निवेदनमा सुनुवाई गर्दै उच्च अदालत दिपायलका न्यायाधीश वीरेन्द्र कुमार कर्णको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि कात्तिक ८ गते बोलाउने निर्णय गर्दै हाललाई रमाना नदिन आदेश दिएको छ ।
एसपी चन्दको कार्यक्षमता कमजोर भएको, आर्थिक रुपमा समेत बिवादमा आएको, युवतीकाण्डमा फसेको, पत्रकार थुनेको भन्दै मुख्यालयले उनको सरुवा गरी आगामी मंसिरमा हुने निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त बनाउने जिम्मासहित एसपी विष्टलाई कञ्चनपुर पठाएको थियो ।
एसपी चन्द अनिवार्य अवकासमा जान ३ महिना मात्रै बाँकी छ । चन्द प्रहरी प्रमुख भएको एक वर्षभन्दा बढीको अवधिमा कञ्चनपुरमा आधा दर्जनभन्दा बढी हत्याका घटना भएका छन् भने शान्ति सुरक्षाको स्थिति पनि खस्किएको छ । साथै अहिलेसम्म कुनै घटनाको अनुसन्धानले ठोस तथ्य भेटाउन समेत सकेको छैन् ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











