अन्ततः माओवादी मन्त्रीको जिम्मेवारी खोसियो, कमल थापा उर्जामन्त्री, गृह शेरबहादुरकै जिम्मा
काठमाडौं, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई जिम्मेवारी मुक्त गरेका छन् । राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गर्दै माओवादी मन्त्रीलाई विनाविभागीय मन्त्रीमा राखेका हुन् । उपप्रधानमन्त्री कमल थापाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । गृहमन्त्रालय र परराष्ट्र मन्त्रालय भने प्रधानमन्त्रीले आफैं राखेका छन् ।
मंगलबार अपराहृन माओवादीका मन्त्रीहरूलार्इ जिम्मेवारीबाट हटाएर राप्रपाका नयाँ मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको हो । शनिबार सपथ ग्रहण गरेका मन्त्री दिलनाथ गिरीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने जयन्त चन्दले आपूर्ति मन्त्रालय र विक्रम थापाले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीहरुलाई विनाविभागीय बनाएर राप्रपाका मन्त्रीलाई जिम्मेवारी दिएका हुन् । संवैधानिक अडचनका कारण सीधै हटाउन नमिलेपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका ९ मन्त्री र ९ राज्यमन्त्रीलाई ‘बिनाविभागीय’ बनाएका हुन् ।

Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












