प्रदेश नम्बर एकमा एमालेसँग सीट बाँडफाँडमा कुरा नमिलेपछि माओवादी काँग्रेसतिर
काठमाडौँ । प्रदेश नम्बर एकमा वाम गठबन्धनबीच सीट संख्यामा कुरा नमिलेपछि माओवादी केन्द्रले नेपाली काँग्रेससँग गोप्य भेटवार्ता गरेको छ । प्रदेशसभा र प्रतिनीधिसभा निर्वाचनमा सीट बाँडफाँडमा कुरा नमिलेपछि वाम गठबन्धनका दुई ठूला पार्टी माओवादी र एमालेबीचको गठबन्धनमा गम्भीर असन्तुष्टि पैदा भएको हो ।
हिजोमात्र कुरा नमिलेपछि माओवादीको प्रदेश नम्बर एकको शीर्षस्त र नेपाली काँग्रेसका नेताबीच गोप्य भेटवार्ता भएको माओवादी एक उच्च स्रोतले न्युज–नेपाललाई जानकारी दियो । एमालेको घमण्डका कारण काँग्रेससँग चुनावी तालमेलबारे व्यापक छलफल अघि बढाइएको छ ।
स्रोत नखुलाउने सर्तमा माओवादीका एक नेताले भने,‘यो ढंगबाट प्रदेश नम्बर १ मा न एमालेसँग तालमेल हुन्छ न एकता नै । तर, काँग्रेससँग तालमेल गर्ने अभ्यास भने भइरहेको छ ।’
प्रदेशसभामाभन्दा विशेष गरेर प्रतिनीधिसभामा सुनसरी–१, भोजपुर, मोरङ्ग–१, ३ र ५ का साथै झापालाई लिएर असन्तुष्टि पैदा भएपछि एमाले वाम एकतामा गम्भीर नदेखिएको आरोप माओवादी नेताहरूले लगाएका छन् ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












