देउवाले गृह मन्त्रालय सम्हालेलगत्तै नेपाल प्रहरी प्रमुख फेर्ने तयारी, अब जयबहादुर चन्दको पालो
काठमाडौं, १ कात्तिक । नेपाल प्रहरीको नेतृत्व परिवर्तनको खेल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रालय सम्हालेसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तनको तयारी थालेका हुन् । देउवाले आफुले चाँहेको व्यक्ति प्रहरी प्रमुख नभएपछि परिवर्तन गर्ने दाउँ खोजेर बसिरहेका थिए ।
उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारका पालामा एआईजीपी जयबहादुर चन्दलाई प्रहरी प्रमुख (आईजीपी) बनाएका थिए । तर सर्वोच्च अदालतको आदेशपछि प्रकाश अर्याल आइजीपी बनेका थिए । अहिले देउवाले नै सरकारले नेतृत्व गरिरहेको अवस्थामा फेरि चन्दलाई प्रहरी प्रमुख बनाउनेगरी गृहकार्य थालेको देउवा स्रोतको दाबी छ ।
यसअघि माओवादी केन्द्रबाट गृहमन्त्री बनेका जनार्दन शर्मालाई विनाविभागीयको जिम्मेवारी दिएपछि गृहमन्त्रालय आफ्नै हातमा लिँदै तयारी सुरु गरेका हुन् । देउवाले प्रहरी प्रमुख प्रकाश अर्याललाई उपयुक्त पद (सुरक्षा सल्लाहकार) मा सरुवा गरेर जयबहादुर चन्दलाई नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेको बालुवाटार निकट उच्च स्रोतको दाबी छ । अब भने देउवाले चन्दमाथि न्याय गर्न लागेका हुन् ।
‘गृह मन्त्रालय आजबाट सम्हालेका देउवा अबको तीन दिनभित्र आईजीपी फेर्ने छन् । जयबहादुर चन्द अबको आईजीपी हो,’ बालुवाटार स्रोतले भन्यो ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












