एमालेबाट चुनाव लड्न लागेका दीपक मनाङ्गेद्धारा एक व्यक्तिको अपहरण
काठमाडौं, १ कात्तिक । ‘गुन्डानाइके’ दीपक मनाङ्गेमाथि अपहरण गरेको उजुरी परेको छ । मनाङ्गे समूहले मनाङबाट एक जना व्यवसायीको अपहरण गरेको भन्दै प्रहरीमा उजुरी परेको हो । गत शनिबार राती ११ बजे मेथास्थित एक होटलमा बास बसेका ४ जनामध्ये नार फु गाउँपालिकाका कर्मा लाक्पा लामाको अपहरण गरेको प्रहरीमा दिईएको जाहेरीमा उल्लेख गरिएको छ ।
होटलमा सँगै बास बसेका अन्य ३ जना लोप्साङ फुम्जो, धोर्जे लामा, गणेश घले र टासी लामा भागेका थिए। कर्मा लाक्पा लामा र टासि लामासँग रहेको १० लाख रुपैयाँ मनाङ्गे समूहका युवाहरूले लिएका थिए।
मनाङमा होटल खोल्न भन्दै उनीहरू काठमाडौंबाट सोही दिन त्यहाँ पुगेका थिए। कर्मा लाक्पालाई मेथाबाट रातभर हिडाएर उनीहरूले नार लगेका थिए। घटनाको भोलिपल्ट कर्मा लाम्पा अपहरणमा परेको खल्लीखल्ली भएपछि मनाङ्गे आफैँ नार पुगेर १० लाख रुपैयाँ र कर्मालाई प्रहरी चौकीमा बुझाएका थिए ।
अपहरणमा परेका कर्माले आफूलाई दीपक मनाङ्गे समूहले अपहरण गरेर रातभर नियन्त्रणमा लिइ थप रकम मागेको भन्दै चामेस्थित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । लुटेको रकम नारमा प्रहरीले किन बुझ्यो, कर्मा लाक्पाले भने, यसमा प्रहरीको पनि मिलेमतो देखिन आएको छ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरबहादुर पुलामीले यस विषयमा थप अनुसन्धान भइरहेको बताए ।केहीदिनअघि एमाले प्रवेश गरेका मनाङ्गे निर्वाचनमा उठ्ने तयारीमा छन्। अहिले उनी मनाङका विभिन्न स्थानमा पुगेर मत माग्ने काम गरिरहेका छन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












