भक्तपुरमा एमालेलाई एक्ल्याउन कांग्रेसले राप्रपा र माओवादीसँग तालमेल गर्ने
भक्तपुर, १ कात्तिक । भक्तपुरमा नेपाली काँग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच चुनावी तालमेल हुने भएको छ । आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा नेपाली कांग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल हुने भएको हो । नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरेर अगाडि बढ्ने सहमति गरेपछि भक्तपुरमा वाम गठबन्धनलाई हराउन काँग्रेसले राप्रपासँग तालमेल गर्ने भएको हो ।
भक्तपुरमा नेपाली कांग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल गरेर निर्वाचनमा उम्मेदवारी दिने नेपाली कांग्रेस भक्तपुरका सभापति दूर्लभ थापाले जानकारी दिए । तालमेलका बारेमा पार्टीको केन्द्रीय नेतृत्व तहबाटै छलफल भैरहेको र सहमतिको अन्तिम चरणमा पुगेको उनको भनाई छ ।
भक्तपुरमा प्रतिनिधिसभा तर्फ १ र २ वटै निर्वाचन क्षेत्र तथा प्रदेशसभा तर्फ ३ वटा प्रदेशमा राप्रपा (प्रजातान्त्रिक) ले नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने र क्षेत्र नं. १ को प्रदेशसभा १ मा भने नेपाली कांग्रेसले राप्रपा (प्रजातान्त्रिक) लाई सघाउने गरी तालमेल हुने भएको छ ।
कांग्रेसले राप्रपा (प्रजातान्त्रिक), राप्रपा, नेपाल मजदूर किसान पार्टी, नेकपा (माले) , र माओवादी (केन्द्र) सँग तालमेलका बारेमा छलफल भैरहेको बताउँदै भक्तपुरमा एमालेलाई एक्लो बनाएर कांग्रेस चुनावमा जाने बताए । वाम गठबन्धनले भक्तपुरलाई कुनै असर नगरेको दाबी गर्दै उनले वाम तालमेलमा रहेको माओवादी (केन्द्र) ले समेत भक्तपुरमा कांग्रेसलाई सघाउने गरी छलफल भैरहेको बताए ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












