बिग्रिएको डीभी वेबसाइट बन्यो, फारम भरिसकेकाले फेरि भर्नुपर्ने (तरिकासहित)
काठमाडौं, २ असोज । केहिदिनदेखि बिग्रिएको डीभी वेबसाइट बनेको छ । सन् २०१९ को लागि अमेरिका जान डाइभर्सिटी भिसा (डीभी) मा आएको प्राबिधिक त्रुटीका कारण केही दिनदेखि बन्द थियो । मर्मत सम्भारपछि बनेको डीभी कार्यक्रमका लागि नयाँ फारक भर्नुपर्ने भएको छ । यसअघि डीभीमा समस्या आउनुभन्दा पहिले नै भरिसकेकाहरुले पनि फेरि भर्नुपर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
नयाँ डीभी फारम भर्ने समय कार्तिक १ गते राति ९ः४५ बाट मङ्सिर ६ गते बुधवार राति १०ः४५ सम्म कायम गरिएको अमेरिकी दूताबासले जानकारी दिएको छ । यदि तपाईंले यो बर्षको डीभी कार्यक्रमका लागि अक्टोबर १८ अगाबै आवेदन भरिसक्नु भएकोछ भने पनि त्यो आवेदन फेरि भर्नुपर्ने दूताबसले जनाएको छ। यो मितिभन्दा पहिले आवेदन भर्दा दिइएको कन्फर्मेसन नम्बर पनि अब काम लाग्ने छैन।
यो कार्यक्रम र प्रकृयाको निष्पक्षताका लागि पहिले दिइएका आवेदनलाई मान्यता नदिइने दूताबासले स्पष्ट पारेको छ। यस कार्यक्रममा सहभागी हुनका निम्ति कार्तिक १ राति ९ः४५ बाट मङ्सिर ६ गते बुधवार राति१०ः४५ सम्म फेरि आवेदन दिनुपर्नेछ।
तपाईँले डीभीका लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको २०१८ मे १५ अर्थात ०७५ साल जेठ १ वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु पर्ने दूताबासबाट जारी सूचनामा जनाइएको छ ।
डीभीका लागि इच्छुक आवेदकले ध्यान दिनुपर्ने कुराहरूः
आवेदन नि:शुल्क हुनेछ । डीभी चिट्ठामा सहभागी हुनका लागि शुल्क लाग्दैन ।
• कन्सल्टेन्टको आवश्यकता पर्दैन। आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिने तर्फ विचार गर्न अमेरिकी दूताबासको अनुरोध छ । तर, सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार हुने दूताबासको भनाइ छ ।
• फारम अनलाइन भर्नुपर्छ । सन् २०१९ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.)आवेदन फारम भर्नुपर्ने हुन्छ ।
• पारिवारिक विवरण खुलाउनुपर्छ । दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्नी र आवेदनको समयमा२१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेशनगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
एकजनाका लागि तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।
• हालसालै खिचिएको फोटो चाहिन्छ । अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यसवर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेलखाने गरी पेश गर्नु पर्नेछ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।
• आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुपर्छ । यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।
• आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस् ।
• तपाईँ डीभीका लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे १५, २०१८ (जेठ १, २०७५) वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो ।
आवेदनदर्तागर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि,छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन ।
तपाईँ डीभी विजेताका रूपमा छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन । तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डीभीका लागितपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्यौल गर्नेछन् । अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने दस्तावेजहरूको सूची https://go.usa.gov/xRuzM मा दिइएको दूताबासले जनाएको छ ।
डीभी कार्यक्रमसम्बन्धी थप जानकारीका लागि www.dvlottery.state.gov वा काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइट https://np.usembassy.gov/visas/immigrant-visas मा जान सकिन्छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












