दलहरुलाई उम्मेदवारको टुंगो लगाउन सकस, प्रमुख दलले आज बेलुकीसम्म टुंगो लगाउने
काठमाडौैं, २ कात्तिक । उम्मेदवारको टुंगो लगाउन दलहरु आन्तरिक छलफलमा व्यस्त छन् । आउँदो मंसिर १० र २१ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधिसभा चुनावको लागि उम्मेदवार छनोट गर्ने देखि लिएर चुनावी रणनीति बनाउने गृहकार्यमा दलहरु व्यस्त छन् । बिहीबार बेलुकीसम्ममा उम्मेदवारको अन्तिम टुंगो लगाउने गरी दलहरुले बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् ।
बिहीबार बेलुकीसम्ममा उम्मेदवारको टुंगो लगाउन गरी नेपाली कांग्रेस आन्तरिक छलफलमा व्यस्त छ । ३२ मध्ये सात जिल्लामा मंगलबार नै उम्मेदवार टुंग्याएको कांग्रेसले बाँकी २५ जिल्लामा उम्मेदवार टुंग्याउन बाँकी छ । उसले सबै जिल्लामा बिहीबार बेलुकीसम्ममा उम्मेदवारको टुंगो लगाएपछि मात्रै नाम सार्वजनिक गर्ने तयारी गरेको छ ।
यस्तै उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेको स्थायी कमिटिको बैठक बस्दैछ । यसैगरी माओवादी केन्द्रले पनि आन्तरिक छलफल गरी उम्मेदवारको टुंगो लगाउन लागेको प्रवक्ता पम्फा भूषालले जानकारी दिईन् । अरु दल पनि चुनावी रणनीति बनाउन आन्तरिक छलफलमा छन् । पहिलो चरणमा हिमाल र पहाडका ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते र दोस्रो चरणमा ४५ जिल्लामा प्रदेश र प्रतिनिधि सभा चुनाव हुँदैछ ।
यसैबीच एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनमा क्षेत्र बाँडफाँड र सिट संख्या टुंग्याउने विषय जटिल बन्दै गएको छ । पहिलो चरणअन्तर्गत प्रदेश र संघको चुनावको उम्मेदवार मनोनयन दर्ता गर्न तीन दिन मात्रै बाँकी हुँदासम्म सहमति जुट्न सकेको छैन ।
क्षेत्र र सिट बाँडफाँड कार्यदलले दुई हप्तादेखि गृहकार्य गर्दा पनि अन्तिम टुंगो लगाउन नसकेपछि बिहीबार र शुक्रबार बैठक बसेर अन्तिम टुंगो लगाउने तयारी भएको गठबन्धनले जनाएको छ । गठबन्धनमा सहमति नजुटेपछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति गठबन्धनबाट बाहिरिसकेको छ । उम्मेदवारका आकांक्षी बढी र सबै पार्टीले बढी बढी सिट खोज्न थालेपछि गठबन्धनलाई सकस परेको छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












