प्रदेशसभाका लागि ७४ सिटमा एमाले माओवादीबीच भागबण्डा, एमाले ४१ र माओवादी ३३
काठमाडौं, ३ कात्तिक । प्रदेशसभा निर्वाचनको लागि एमाले र माओवादीले ७४ सिटमा भागवण्डा गरेका छन् । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ७४ वटा प्रदेशसभाका सिटमा एमालेले ४१ सिट पाएको छ । ७४ मध्ये माओवादीले भने ३३ सिट पाएको छ । प्रतिशतको हिसाबले पहिलो चरणको चुनावमा प्रदेशसभामा एमालेले करिब ५५ प्रतिशत र माओवादीले भण्डै ४५ प्रतिशत भाग पाएको छ ।
चुनाबी तालमेलमा ६०/४० को भागवण्डा गरिनुपर्ने माग गर्दै आएको माओवादीले पहिलो चरणको तालमेलमा सम्मानजनक सिट पाएको छ । बाँकी दोस्रो चरणको चुनाव हुने ४५ जिल्लाको तालमेललाई पनि केही दिनभित्रै टुंगो लगाइने कार्यदलका एक सदस्य तथा माओवादी नेता वर्षमान पुनले जानकारी दिए ।
एमालेले प्रदेशसभामा भोजपुर, सोलुखुम्बु, रामेछाप, लमजुङ, मनाङ, मुस्ताङ जाजरकोट र बाजुराका सबै सिटहरु आफ्नो भागमा पारेको छ । त्यसैगरी माओवादीले प्रदेशसभातर्फ रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, गोरखा-२ र हुम्लाका सबै सीट आफ्नो भागमा पारेको छ । बाँकी चुनाव क्षेत्रका प्रदेशसभाहरुमा दुबै दलले लगभग बराबरी भागवण्डा गरेका छन् । ३२ जिल्लाका ३७ वटा प्रतिनिधिसभा सिटमा २१/१६ को भागवण्डा गरेका एमाले र माओवादीले प्रदेशसभाका ७४ सिटमा ४१/३३ को भागवण्डा गरेका हुन् ।
एमालेले दोलखा (ख), रामेछाप (क) तथा (ख), रसुवा (क), ताप्लेजुङ, पाँचथर, ओखलढुंगा, तथा खोटाङको (क) तथा संखुवासभा (क) मा उम्मेदवार उठाउनेछ । प्रदेशसभाका अरु जिल्लाहरु ताप्लेजुङ, पाँचथर, ओखलढुंगा, तथा खोटाङ (क) मा पनि एमालेलेमात्रै उम्मेदवार उठाउनेछ भने संखुवासभा (ख) सोलुखुम्बु (क) र (ख) तथा सिन्धुपाल्चोक २ को (ख) मा पनि एमालेले उम्मेदवारी दिनेछ ।
यसैगरी नुवाकोट १ (ख), नुवाकाेट २ (क) लमजुङ (क) र (ख), धादिङ १ (क), धादिङ २ (क) तथा मनाङ (क) र (ख) दुबैमा एमालेको उम्मेदवारी रहनेछ । यसैगरी मुस्ताङको (क) र ख तथा म्याग्दी र गोरखा (ख) एवम् बागलुङ (क) मा पनि एमालेको उम्मेदवार रहनेछ ।
यस्तै बागलुङ २ (ख), डोल्पा( क), जुम्ला (ख),कालिकोट(क), जाजरकोट (क) र (ख) तथा मुगु (क) र (ख) मा पनि एमालेकै उम्मेदवार हुनेछन् । यसैगरी बझाङ(क), बाजुरा (क र ख), बैतडी (ख), दार्चुला (क) मा पनि एमालेको उम्मेदवार रहनेछन् र माओवादी केन्द्रले ती स्थानमा उम्मेदवार उठाउने छैन ।
यसैगरी माओवादी केन्द्रको प्रदेशसभामा भाग परेको ३२ सिटमा नुवाकोट २ (ख), धादिङ १ ख) तथा धादिङ २ (ख) परेको छ । यसैगरी गोरखा १(क), गोरखा २ (क र ख) बागलुङ १ (ख), बागलुङ२(क) र म्याग्दी (क) पनि माओवादीको भागमा परेको छ ।
यस्तै रोल्पा (क र ख) , रुकुम पूर्व (क र ख), जुम्ला (क), कालीकोट (ख), हुम्ला (क र ख), रुकुम पश्चिम (क र ख), डोल्पा (ख), बझाङ (ख), बैतडी (क) र दार्चुला ख माओवादी केन्द्रको भागमा परेको छ । ति स्थानमा एमालेको उम्मेदवार हुने छैनन् र माओवादी केन्द्रलाई सघाउने छन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












