एमाले टिकट नदिएपछि दिपक मनाङ्गेले स्वतन्त्र उमेदवारी दिए
काठमाडौं, ५ कात्तिक । सम्पूर्ण कार्यसमितिसहित एमाले प्रवेश गरेका गुण्डा नाईके दिपक मनाङ्गेले स्वतन्त्र उमेदवारी दिएका छन् । एमालेबाट टिकट नपाएपछि राजिव गुरुङ उर्फ दिपक मनाङ्गेले प्रदेशसभाका लागि मनाङ ख बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनले स्वतन्त्र उम्मेदवारी दिएपनि एमालेको झन्डासहित उमेदवारी दर्ता गराउन पुगेका थिए ।
यसअघि एमाले मनाङ क बाट प्रदेशसभ सदस्यका लागि सर्वसम्मत सिफारिस भएपनि केन्द्रले अन्तिममा नाम काटेको थियो । उनको ठाउँमा खन्डा लामालाई पार्टीले टिकट दिएको थियो । उनीसँगै प्रतिनिधिसभाको लागि पाल्देन छोपान गुरुङ र प्रदेशसभाको लागि दोर्जे डन्डुल शेर्पाले पनि सँगै उमेदवारी दर्ता गराएका छन् ।
आफुलाई मनाङका जनताले मन पराएकाले उम्मेदवार दिएको उनको भनाई छ । “मलाई मनाङका जनताले मन पराएका छन् । म चुनावी तयारीमा जुटिसकेको छु । स्वतन्त्र उठेरै भएपनि चुनाव जित्छु। एमालेले नदिएपनि सबैको चाहनाअनुसार म चुनाव लड्छु,” मनाङ्गेले भने । मनाङ्गे एमाले प्रवेश गर्नुभन्दा पहिले राप्रपा मनाङका अध्यक्ष थिए ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












