सबैभन्दा बढी उम्मेदवारी दोलखामा र सबैभन्दा कम मनाङमा
काठमाडौं, ६ कात्तिक । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी दोलखामा परेको छ भने सबैभन्दा कम मनाङमा परेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि आइतबार उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
यस निर्वाचनमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाको र ७४ निर्वाचन क्षेत्रमा प्रदेश सभाको निर्वाचन एकैसाथ हुँदैछ । निर्वाचन आयोगका अनुसार एक निर्वाचन क्षेत्र भएको दोलखामा प्रतिनिधि सभाका लागि विभिन्न दलका १६ जना र दुई निर्वाचन क्षेत्र भएको प्रदेश सभाका लागि २४ जनाको उम्मेदवारी परेको हो ।
त्यस्तै एक निर्वाचन क्षेत्र भएको मनाङमा प्रतिनिधि सभाका लागि दुईजना र दुई निर्वाचन क्षेत्र भएको प्रदेश सभाका लागि पाँचजनाको उम्मेदवारी परेको छ । दोलखापछि रामेछापमा बढी उम्मेदवारी परेको छ । एक निर्वाचन क्षेत्र भएको रामेछापमा प्रतिनिधि सभाका लागि १४ जना र दुई निर्वाचन क्षेत्र भएको प्रदेश सभाका लागि २२ जनाको उम्मेदवारी परेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
मनाङपछि मुस्ताङमा कम उम्मेदवारी परेको छ । एक निर्वाचन क्षेत्र भएको मुस्ताङमा प्रतिनिधि सभाका लागि दुईजना र दुई निर्वाचन क्षेत्र भएको प्रदेश सभाका लागि छजनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ ३२३ र प्रदेश सभातर्फ ४८४ गरी जम्मा कूल ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारको विरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि समय तोकिएको छ ।
उजुरीउपर कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
आगामी मंसिर १० गते पहिलो चरणमा हिमाली र उच्च पहाडका ३२ जिल्लामा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै मंसिर २१ गते दोस्रो चरणमा तराई, मधेश र पहाडका ४५ जिल्लामा निर्वाचन हुनेछ । दोस्रो चरणको निर्वाचनका लागि भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति यही कात्तिक १६ गते रहेको छ ।
नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी जम्मा २७५ सदस्यीय प्रतिनिधि सभाका लागि निर्वाचन हुनेछ । त्यस्तै सातै प्रदेशका लागि ३३० प्रत्यक्ष र २२० समानुपातिक गरी जम्मा ५५० सदस्यीय प्रदेश सभा सदस्यका लागि निर्वाचन हुनेछ ।
पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नुहुनेछ । पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने दलहरूले यसअघि असोज २९ गते नै आ–आफ्नो पार्टीको बन्दसूची आयोगमा बुझाइसकेका छन् । रासस
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...












