पार्टी नेतृत्वलाई गम्भीर आरोप लगाउँदै राजपा युवा संघ अध्यक्षसहितका नेता माओवादीमा प्रवेश

काठमाडौं, ७ कात्तिक । राष्ट्रिय जनता पार्टी (राजपा) को युवा संघ तराई मधेस स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पटेलसहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अध्यक्ष पटेलसँगै महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पटेल, तराई मधेस विद्यार्थी फन्टका नेता सन्देश पटेललगायतका नेता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
युवा नेताहरु मंगलबार बिहान अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । राजपाका युवा नेताहरुको माओवादी केन्द्रमा प्रवेशसँगै अधिकांश केन्द्रीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी रहेको र त्यसका लागि छुट्टै पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने नेता पटेलले जानकारी दिए ।
माओवादी केन्द्र प्रवेश गर्दै संघका केन्द्रीय अध्यक्ष अजय पटेलले राजपाले मधेसका मुद्दा सत्ता स्वार्थसँग साटेको, मधेसी जनतालाई आन्दोलनका नाममा धोका दिएको, राष्ट्रिय एकता कमजोर बनाएको, पार्टीलाई आफ्ना परिवारको भर्ती केन्द्र बनाएकाले आफूले राजपा छोडेको बताए । ‘राष्ट्रिय एकताको पक्षधर एवं मधेसी अधिकारका पक्षमा लड्ने एक मात्र पार्टी माओवादी भएकाले म माओवादी केन्द्रमा आएको हुँ’ नेता पट्टेलले भने ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...












