चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व सार्वजनिक, सी फेरि पाँच वर्ष शक्तिमा
काठमाडौं, ८ कात्तिक । चीनमा कम्युनिष्ट पार्टीको महाधिवेशनले पाँच नयाँ अनुहारसहित पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । सी जिनपिङको उत्तराधिकारी घोषणा नगरी स्थायी समितिको घोषणा गरिएको हो । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं सम्मेलनले शीलाई पुनः महासचिवमा निर्वाचित गरेको हो । लगतै ६४ वर्षीय शीले सात सदस्यीय स्थायी कमिटीको घोषणा गरेका छन् । जो चीनका शक्तिशाली नेताहरु हुन् ।
राष्ट्रपति शीसँगै प्रधानमन्त्री लि खछ्याङ बाहेक अरु नयाँ हुन् । सात सदस्यीय नयाँ स्थायी समितिमा सी र प्रधानमन्त्री लि खछ्याङसँगै लि झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी र हान झेङ रहेका छन् । सामान्यतया स्थायी समितिमा एक उदयीमान नेतालाई पछि ल्याइन्थ्यो । तर, शीले यो परम्परा तोडेका छन् ।
यो पटक स्थायी कमिटीमा आउने अपेक्षा गरिएका ग्वानडोङका पार्टी प्रमुख हु चुनवा र चोनचिङ पार्टी प्रमुख चेन मिनर अटाएनन् । उनीहरु दुबैलाई सीको सम्भावित उत्तराधिकारीका समेत हेर्न थालिएको थियो । तर, अब त्यो सम्भावना रहेन । झाउ लिजीलाई भ्रष्टाचार विरोधी आयोगको प्रमुख बनाइएको छ ।
महाधिवेशनले सिलाई केन्द्रिय सैन्य आयोगको प्रमुखमा समेत नियुक्त गरेको छ । महाधिवेशनले यसअघि मंगलबार सि को विचार तथा सिद्धान्तलाई पार्टीको संविधानमा उल्लेख गर्ने निर्णय गरेर माओत्सेतुङ पछिकै दोस्रो नेताको दर्जा दिएको थियो ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












