युवा नेता गगन थापा नेपाली कांग्रेसको पार्टी प्रवक्तामा मनोनित
काठमाडौं, ९ कात्तिक । काँग्रेस युवा नेता गगन थापा पार्टीको प्रवत्तामा मनोनित भएका छन् । नेपाली काँग्रेस सभापति शेर बहादुर देउवाले थापालाई पार्टी प्रवक्ता मनोनित गरेका हुन् ।
लामो समयदेखि रिक्त रहेको प्रवक्तामा सभापति देउवाले काँग्रेस नेता तथा पूर्वमन्त्री थापालाई मनोनित गरेका हुन् । केहि दिन अघी पार्टी प्रवक्ता बन्न देउवाले थापालाई औपचारीक आग्रह गरेका थिए। सभापति देउवाको प्रस्तावका बिषयमा उनले काठमाडौंको एक कार्यक्रममा जानकारी गराएका थिए।
सभापति देउवाको प्रस्तावलाई सकारात्मक रुपमा लिएका थापाले बिहिवार प्रवक्ताको जिम्मेवारी लिएका हुन्। पार्टीको महाधिवेशनमा कृष्ण सिटौला समुहबाट महामन्त्रीमा प्रत्यासी भएका थापा त्यसयता सभापति देउवाले केन्द्रीय समितिमा मनोनयन गरेका थिए। यसअघी नेपाली काँग्रेसको प्रवक्तामा दिलेन्द्र वडु थिए। त्यसयता भने प्रवक्ता नियुक्त भएको थिएन।
Comments
अरु समाचार
-
अपराध अनुसन्धान कार्यालयद्वारा ठूला माछा पक्राउ
काठमाडौं। पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। प्रहरी कर्मचारीले...
-
प्रधानमन्त्री शाह स्वदेश फिर्ता, जलवायु संकटदेखि विश्व शान्तिसम्म कस्तो छ कूटनीतिक सन्देश ?
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको सहभागिताले नेपालको अन्तरराष्ट्रिय प्राथमिकता र कूटनीतिक चासो अभिव्यक्त गर्ने अवसर दिएको...
-
जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमतिबारे प्रश्न
काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यान कुमार थापा जापानको स्थायी बसोबास अनुमति (पीआर) लिएका व्यक्ति रहेको तथ्य सार्वजनिक...
-
सुशासन, नागरिकमैत्री सेवा प्रवाह, विकास निर्माण लगायतमा जोड दिन मुख्य सचिव कार्कीको निर्देशन
भोजपुर । मुख्य सचिव गोविन्द्रबहादुर कार्कीले सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीलाई सुशासन कायम हुनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले...
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...












